🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हयात/बालुवाटार जग्गा प्रकरण बारे देशैभरी खबरदारी कार्यक्रम सम्पन्न

काठमाडौँ।  २०७६ बैशाख ७ गते शनिबार विवेकशील साझा पार्टीले देशका सातै प्रदेशका बिभिन्न स्थानहरुमा हयात/बालुवाटार जग्गा प्रकरणका बारेमा सरकारलाई झक्झक्याउँदै र सबै खालका भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै विरोध प्रदर्शनहरु गरेको छ। खबरदारी कार्यक्रमहरुमा पार्टीका संयोजक, केन्द्रीय नेतृत्वहरु सदस्यहरु र शुभेच्छुकहरुको सहभागिता रहेको सो पार्टीले बताएको छ। 

\"\"

प्रदेश नं १ मा बिर्तामोडको मुक्ति चोक र इटहरी बजार, प्रदेश नं २ मा बीरगन्जको घण्टाघर र सिरहाको लहान बजार, प्रदेश नं ३ मा भरतपुरको चौबीसकोठी र काठमाडौँको माइतीघर मण्डला, गण्डकी प्रदेशमा कावासोतीको फलफुल चोक र पोखराको श्रृजना चोक, प्रदेश नं ५ मा बुटवलको ट्राफिक चोक, कर्णाली प्रदेशमा वीरेन्द्र चोक वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा धनगढीको पार्कमोडमा पनि खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । 

काठमाण्डौँको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा पार्टी संयोजक रवीन्द्र मिश्रले भ्रष्टाचारको न्यूनीकरण नभई देश रुपान्तरण सम्भव नभएको बताएका थिए  ।

हायात/बालुवाटार जग्गा प्रकरणको बारेमा २०७६ बैशाख २ गते पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि  पनि  शान्तिपूर्ण प्रदर्शन गरिएको थियो।