🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीन हजार बिन्दुमाथि पुग्यो नेप्से

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३०.७६ अंकले बढेसँगै ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ ।

अघिल्लो कारोबार दिन नेप्से परिसुचक २.६१ अंक बढेको थियो । नेप्से परिसुचक गणनामा भएको त्रुटिका कारण पहिले २.०७ अंकले घटेको भनिएको बजारपछि बढेको देखिएको हो ।

यस दिन कुल ३२१ स्टकको १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ । सोमबार १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.९७ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१२ अंकले बढेको छ । यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ ।

यसदिन मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६२.७३ रुपैयाँले बढेर १७९०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ७८.४० रुपैयाँले बढेर ८६२.७० रुपैयाँमा अन्तिम काराबार भएको छ । त्यसैगरी सान्भी इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६९.९० रुपैयाँले बढेर ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नाडेप लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ९३.०२ रुपैयाँले बढेर १०२३.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन समता घरेलु लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको शेयर मूल्य १०८.०६ रुपैयाँले घटेर प्रतिकित्ता ११४८.४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता १७.९९ रुपैयाँले घटेर ५९५.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, ग्रिनभेन्र्चस लिमिटेड, नेपाल रिइन्स्योरेन्स लिमिटेड, हिमालयन रिइन्स्योरेन्स र राधि जलविद्यूत कमपनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।