🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मोटरसाइकल दुर्घटनामा चालकको मृ त्यु, एकजना घाइते

रुकुम पूर्व, १६ असार : रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा परी सिस्ने गाउँपालिका–३ पोखराका ४५ वर्षीय दलप्रसाद सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो । 

धाउनेबाट पोखरातर्फ जाँदै गरेको रा ३ प ४५३४ नं को मोटरसाइकल अनियन्त्रित भई तातोपानीस्थित भित्रि कच्ची सडक खण्डमा दुर्घटना भएको हो । मोटरसाइकलको पछाडि बसेका ३६ वर्षीय उपेन्द्र खत्री घाइते भएका छन् । उनको  ढाड र हातको औँलामा चोट लागेको छ । 
–––