🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतले अमेरिकासँग पेट्रोलियम र सुरक्षा सामाग्री खरिद बढाउने

वाशिङटन, पुस ३० । अमेरिका र चीनबीच व्यापार द्वन्द्व अहिले उत्कर्षमा छ । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयता भारत र अमेरिकाको व्यापार सहकार्य अझै राम्रो हुँदै आएको भारतीय कुटनीतिज्ञहरुले दाबी गर्दै आइरहेका छन् । अमेरिका र चीनबीचको व्यापार टकराव तल्लो स्तरमा खस्किएको समयमा भारतले भने अमेरिकासँग प्रत्येक बर्ष ५ खर्ब ७० अर्बको पेट्रोलियम पदार्थ खरिद गर्ने प्रतिबद्धता जनाएको छ । 

एक कार्यक्रममा अमेरिकी व्यावसायिक समुदायलाई सम्बोधन गर्दै अमेरिकाका लागि भारतीय राजदूत हर्षबद्र्धन र्सिगंलाले भारतमा अमेरिकी आयात ३० प्रतिशतले बढेको उल्लेख गरेका छन् । विगत दुई बर्षमा द्विपक्षीय व्यापार १३५ खर्बबाट १६० खर्ब पुगेको पनि उल्लेख गरेका छन् ।

 
अमेरिका र भारतीय व्यापारलाई जोड दिंदै स्रिंगलाले भारतीय एयरलाइन्सहरुले अमेरिकाबाट ३०० जहाज खरिद गर्ने अर्डर पनि गरिसकेको कुरा व्यक्त गरेका छन् । सिंग्रलाले अमेरिकी शैक्षिक क्षेत्रमा २ लाख २७ हजार विद्यार्थीले योगदान गरिरहेको जसले अमेरिकी अर्थतन्त्रमा ७ खर्ब ४० अर्बको योगदान रहेको पनि उल्लेख गरे । –एजेन्सी)