🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आज संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत दुई समिति र राष्ट्रिय सभा अन्तरगत एक समितिको बैठक बस्दैछ । 

बिहीबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागिएको हो भने राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

यस्तै, आज राज्य व्यवस्थापन समितिको बैठक कानून समितिको सभाकक्षमा हुँदैछ भने बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता माननीयहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १२ः१५ बजे बस्दैछ । 

त्यसैगरी, शिक्षा समितिको बैठकमा औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्दैछ । 

यस्तै, प्रत्यायोजित विधायन समितिको बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्न लगिएको छ भने सम्बन्धित सरोकारवाला विभागका महानिर्देशकहरुसँग राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । बैठक दिनको १२ः३० बजे बस्दैछ ।