🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा ८६ लाखभन्दा बढीको अवैध किराना सामानसहित ट्रक नियन्त्रणमा

सिन्धुपाल्चोक, चैत ३० । सिन्धुपाल्चोकमा भन्सार प्रज्ञापन पत्र तथा बिलबिजकविनै ओसारपसार हुँदै गरेको ठूलो परिमाणको किराना सामानसहित एउटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। करिब ८६ लाख ३२ हजार रुपैयाँ बराबरका सामान बोकेको उक्त ट्रक चैत ३० गते नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लामोसाँघु बलेफिबाट खटिएको टोलीले ना. ३ ख ५१४० नम्बरको ट्रकलाई बलेफि गाउँपालिका–८ क्षेत्रमा जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। उक्त ट्रक बाह्रविसेबाट खाडिचौरतर्फ जाँदै गरेको अवस्थामा शंकास्पद देखिएपछि रोकिएको प्रहरीले जनाएको छ।

जाँचका क्रममा ट्रकमा रहेका सामानहरूका लागि आवश्यक भन्सार प्रज्ञापन पत्र र बिलबिजक नभेटिएपछि सम्पूर्ण सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो।

बरामद गरिएका सामानहरूमा चाइनिज दाल, बदाम, खुर्सानी, अचार, चामल, खाने तेललगायत १ सय २३ प्रकारका किराना सामग्री रहेका छन्। प्रारम्भिक मूल्यांकनअनुसार ती सामानहरूको कुल मूल्य ८६ लाख ३२ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

घटनापछि नियन्त्रणमा लिइएको ट्रक र सामानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकमा बुझाइएको छ।

यस घटनाले सीमावर्ती क्षेत्र हुँदै भन्सार छल्ने अवैध सामानको ओसारपसार अझै सक्रिय रहेको संकेत दिएको छ। पछिल्लो समय सशस्त्र प्रहरीले यस्ता गतिविधिविरुद्ध निगरानी कडा बनाएको दाबी गरे पनि ठूलो परिमाणमा अवैध सामान बरामद भइरहनु सुरक्षा संयन्त्रकै कमजोरीतर्फ संकेत गर्ने जानकारहरूको टिप्पणी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *