🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वर्ग, नर्क : कर्मचारीतन्त्रका रोचक र अनौठा व्यवहारहरू

• पार्किन्सनको नियम (Parkinson’s Law): यो नियम भन्छ- “काम त्यति नै फैलिँदै जान्छ, जति त्यसलाई सिध्याउनका लागि समय उपलब्ध हुन्छ।” यदि तपाईँसँग एउटा चिठी लिखनाका लागि दिनभरिको समय छ भने, तपाईँले त्यसलाई दिनभरि नै लगाउनुहुन्छ।

• पिटर प्रिन्सिपल (The Peter Principle): यो निकै रोचक छ। यस अनुसार, कर्मचारीतन्त्रमा हरेक व्यक्ति आफ्नो “अक्षमताको स्तर” (Level of Incompetence) नपुगुन्जेल बढुवा भइरहन्छ। अर्थात्, अन्ततः हरेक पद यस्तो मान्छेले ओगटेको हुन्छ, जो त्यो काम गर्न सक्षम हुँदैन।

• कागजी प्रक्रियाको मोह (Red Tape): कर्मचारीतन्त्रमा नतिजाभन्दा प्रक्रिया (Process) ठूलो हुन्छ। काम हुनुभन्दा पनि ‘फाइल मिल्यो कि मिलेन’ र ‘सही छाप भयो कि भएन’ भन्ने कुरालाई बढी महत्त्व दिइन्छ।

• नेपालमा सरकारी काम हुनु र ‘भोलि आउनु’ एउटै कुरा हो। किनभने यहाँको कर्मचारीतन्त्रमा “आज” भन्ने शब्दको शब्दकोश (डिक्सनरी) नै हराएको हुन्छ!

• बजेट खर्च गर्ने होड: यदि कुनै विभागले वर्षको अन्त्यसम्म बजेट सिध्याएन भने अर्को वर्ष उसको बजेट काटिन्छ। त्यसैले, काम नभए पनि असार मसान्तमा बजेट सिध्याउन ‘भ्यु टावर’ बनाउने वा अनावश्यक सामान किन्ने चलन विश्वव्यापी नै छ।

• “कर्मचारीतन्त्र एउटा यस्तो विशाल संयन्त्र हो, जुन आदेश र निर्देशनहरूको वर्षाद्वारा सञ्चालित हुन्छ र जसमा कोही पनि जिम्मेवार हुँदैन।”-हर्बर्ट साम्युएल

• “ब्युरोक्रेसीले एउटा सम्भव कुरालाई पनि असम्भव बनाउने कला राख्छ।” – जर्ज बर्नाड शा

• “सरकारको सबैभन्दा नजिकको अमरता भनेकै सरकारी विभाग (Bureau) हुन्।”- रोनाल्ड रेगन (उनले सरकारी विभागहरू कहिल्यै खारेज नहुने कुरामा व्यङ्ग्य गरेका थिए।)

१. स्वर्ग, नर्क र कर्मचारीतन्त्र

• एउटा कर्मचारीको मृत्यु भएछ। यमराजले सोधे, “तिमी स्वर्ग जान्छौ कि नर्क ?”

• कर्मचारीले भने, “प्रभु, मलाई दुवै ठाउँ हेर्ने अनुमति दिइयोस् ।”

• यमराजले पहिले नर्क पठाए। त्यहाँ रमाइलो पार्टी, नाचगान र खानपिन चलिरहेको थियो। त्यसपछि स्वर्ग पठाए, त्यहाँ सबै जना शान्त भएर भजन गाइरहेका थिए।

• कर्मचारीले नर्क रोजे। तर नर्क पुग्नेबित्तिकै उनलाई तातो तेलमा हाल्न थालियो। उनले चिच्याउँदै सोधे, “अघि त यहाँ पार्टी थियो, अहिले यस्तो किन ?”

• यमदूतले हाँस्दै भन्यो, “बाबु, अघिको ‘डेमो’ (विज्ञापन) थियो, अहिले तिम्रो ‘ज्वाइनिङ’ (नियुक्ति) भएको हो !”

२. हाकिम र कुकुर

• एकपटक एउटा सरकारी कार्यालयमा कुकुर छिरेछ र हाकिमको कुर्सीमुनि सुतेछ।

• त्यहाँका पियनले हाकिमसँग सोधे, “साप, यो कुकुरलाई बाहिर निकालिदिऊँ ?”

• हाकिमले गम्भीर हुँदै भने, “पर्दैन, सुत्न देऊ। बिचरा, यसले पनि धेरै वर्ष सरकारी सेवा गरेको हुनुपर्छ। यसलाई कसैले नउठाउँदा पनि टेबुलमुनि सुत्ने बानी परिसकेको रहेछ !”

३. भगवान र ब्युरोक्रेसी

• एकजना मानिसले भगवानसँग प्रार्थना गरेछ, “प्रभु, यो संसारबाट भ्रष्टाचार र ढिलासुस्ती कहिले सकिएला ?”

• भगवानले एकछिन सोच्नुभयो र भन्नुभयो, “बाबु, मेरो कार्यकालमा त यो सम्भव छैन, अब तिमी अर्को जुनीको लागि ‘फाइल’ दर्ता गर !”

४. घुस र अन्तर्वार्ता ; जागिरको अन्तर्वार्तामा एउटा चलाख उम्मेदवार पुगेछ।

• अन्तर्वार्ताकार: “भन्नुस्, यदि तपाईँले बाटोमा एक करोड रुपैयाँ भेट्नुभयो भने के गर्नुहुन्छ ?”

• उम्मेदवार: “सर, म त तुरुन्तै त्यो पैसा लिएर आफ्नो एउटा पार्टी खोल्छु र राजनीतिमा लाग्छु।”

• अन्तर्वार्ताकार (अचम्म मान्दै): “किन ? समाजसेवा वा प्रहरीलाई किन नबुझाउने ?”

• उम्मेदवार: “किनभने सर, मलाई थाहा छ- यो सरकारी जागिर खानुभन्दा त त्यो एक करोडले मन्त्री बनेर तपाईँ जस्ता सय जनालाई जागिर खुवाउन सजिलो छ !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *