🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपाभित्र विद्रोहको तयारी: लिङ्देन नेतृत्वविरुद्ध खुलेआम असन्तोष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वविरुद्ध विद्रोहको तयारी खुलेरै देखिन थालेको छ। पार्टीका प्रभावशाली नेताहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिले नेतृत्वप्रति असन्तोष अब ‘भित्री गुनासो’मा सीमित नरहेको संकेत दिएको छ।


२०८२ चैत २९ गते काठमाडाैंकाे हाेटेल एलाेपगाेडामा भएकाे धवल शम्शेर समूहकाे बृह्त भेलापछि जारी प्रेस विज्ञप्तिमा स्पष्ट रूपमा केन्द्रीय महाधिवेशन ढिलाइ हुनु, निर्णय प्रक्रिया केही सीमित व्यक्तिमा केन्द्रित हुनु र पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्नु जस्ता गम्भीर प्रश्न उठाइएका छन्। हस्ताक्षरकर्ताहरूले अब ‘धैर्यको सीमा नाघिसकेको’ संकेत गर्दै नेतृत्वलाई सचेत गराएका छन्।

महाधिवेशन टार्ने रणनीतिमाथि प्रश्न

राप्रपा स्थापनापछि लामो समय बितिसक्दा पनि केन्द्रीय महाधिवेशन हुन नसक्नु नेतृत्वको नियत र क्षमतामाथि प्रश्न उठ्ने विषय भएको विज्ञप्तिमा उल्लेख छ। नेताहरूका अनुसार, महाधिवेशन नहुँदा पार्टी संगठन ठप्प जस्तै बनेको छ र कार्यकर्तामा अन्योल बढेको छ।

तीन स्पष्ट माग

विज्ञप्तिमा नेतृत्वसामु तीन बुँदे स्पष्ट माग राखिएको छ:

१. तत्काल केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाइयोस्
२. महाधिवेशनको मिति एक हप्ता भित्र घोषणा गरियोस्
३. पार्टीलाई विधि, विधान र लोकतान्त्रिक पद्धतिअनुसार सञ्चालन गरियोस्

‘सचेतना’ कि ‘विद्रोहको पूर्वसंकेत’ ?

राजनीतिक वृत्तमा यो विज्ञप्तिलाई सामान्य असन्तोष भन्दा बढी- सम्भावित शक्ति संघर्षको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ। नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट समूह अब संगठित रूपमा अघि बढ्न थालेको देखिन्छ।

यदि माग सम्बोधन नभए-

पार्टीभित्र समानान्तर गतिविधि सुरु हुन सक्छ
नेतृत्व परिवर्तनको एजेण्डा बलियो बन्न सक्छ
अन्ततः पार्टी विभाजनसम्मको जोखिम बढ्न सक्छ

निष्कर्ष

राप्रपाभित्रको यो पछिल्लो घटनाक्रमले एउटा स्पष्ट सन्देश दिएको छ-लिङ्देन नेतृत्व अब दबाबमा छ। महाधिवेशनमार्फत समाधान खोज्ने कि टकरावतर्फ जाने-अबको निर्णयले राप्रपाको भविष्य मात्र होइन, राजापक्षधरहरूकाे राजनीतिमै नयाँ मोड ल्याउन सक्छ। धवल शम्शेर समूहलाई दुर्गा प्रसाईं समूहले पछाडिबाट हाेस्टेमा हैंसे गरिरहेकाले याे समूह चाँडै नै नयाँ पार्टी गठन गरेर अघि बढ्ने स्राेतकाे दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *