🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पोखराको लेसाइडमा ‘सडक उत्सव’ : नयाँ वर्ष मनाउन ३ लाख पाहुना भित्र्याउने लक्ष्य

रौताहट । नयाँ वर्षको स्वागतका लागि पर्यटकीय नगरी पोखराको लेक साइड यति बेला चहलपहल बढेको छ । मिति २०८२ चैत २८ आइतबारदेखि सुरु हुने ‘फेवा नववर्ष महोत्सव’ले लेसाइडको सडकलाई मात्र होइन, यहाँको पर्यटनलाई पनि नयाँ ऊर्जा दिएको छ ।

यस पटकको महोत्सवमा आयोजकले करिब ३ लाख पाहुना भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेका छन् । विद्यालय बिदा र विदेशी पर्यटकको ‘सिजन’ सँगै परेकाले लेसाइडका होटेलहरू अहिले नै ८० प्रतिशत भरिभराउ भइसकेका छन् ।

नयाँ वर्ष मनाउन आउने पाहुनाका लागि होटेल संघ आबद्ध होटेलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुटको घोषणा गरेको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । तेस्रो मुलुकका पर्यटक, गर्मी छल्न आएका भारतीय पाहुना र आन्तरिक पर्यटकले पोखराको व्यवसाय चलायमान बनेको हो ।

उनका अनुसार, अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली नयाँ वर्षमा पनि पोखरालाई हब बनाउने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो ।

मिति २०८३ वैशाख १ गतेसम्म चल्ने यो उत्सवले सुस्ताएको पर्यटनलाई लयमा फर्काउने विश्वास व्यवसायीको छ । महोत्सव अवधिमा मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *