🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेश र स्थानीय तहको संवैधानिक अधिकार खोसिन लागेको कर्णालीका मुख्यमन्त्रीको आरोप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्न लागेको आरोप लगाएका छन् । वर्तमान सरकारले पनि केन्द्रीकृत मानसिकताका त्याग्न नसकेको र सरकारको परम्परागत मानसिकताका कारण प्रदेश र स्थानीय तहका सरकार सञ्चालनमा जटिलता उत्पन्न भएको बताए ।

कर्णाली सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा चुनौती थपिएको बताए । संविधान कार्यान्वयनमा ल्याइएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार संरचनागत सुधार हुन नसकेको उनको भनाइ छ ।

“यदि संविधानअनुसार सोच र अभ्यास अघि बढेको भए सङ्घीयता कार्यान्वयन धेरै अगाडि पुगिसकेको हुन्थ्यो,” उनले भने, “तर अझै पनि परम्परागत केन्द्रीकृत मानसिकताले हाम्रा कामकारबाहीमा प्रभाव पारिरहेको छ ।”

संविधानले प्रदेशसभा र स्थानीय तहलाई दिएको अधिकार व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको पनि बताए । पछिल्लो समय प्रदेशसभा र स्थानीय सरकारको विधायिकाको अधिकारसमेत कुण्ठित गर्ने प्रयास भइरहेको भन्दै चिन्ता उनले व्यक्त गरे ।

“संविधानले दिएको अधिकारलाई सङ्घीय सरकारले सामान्य परिपत्रका आधारमा विस्थापित गर्ने प्रयास भइरहेको छ, जुन सङ्घीयताको मर्म विपरीत हो,” मुख्यमन्त्री कँडेलको भनाई थियो ।

मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशले हालसम्म प्रदेश सरकार वा मातहतका निकायहरू सम्बन्धित मुद्दामा बहस पैरवी तथा प्रतिरक्षा गर्दै आएको जनाएको छ । कार्यालयका अनुसार हालसम्म ६९४ वटा मुद्दामा कानुनी सेवा प्रदान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकार तथा सम्बन्धित अधिकारीहरूलाई कानुनी र संवैधानिक परामर्श दिने, अदालतमा पेस गरिने लिखित जवाफ तथा निवेदनको गुणस्तर कायम गर्न समन्वय र निर्देशन दिने कार्य पनि निरन्तर भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *