🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित

Dhruv Jurel of Rajasthan Royals play a shot during Match 16 of the TATA Indian Premier League 2026 between Rajasthan Royals and Royal Challengers Bengaluru at ACA Stadium, Guwahati, India, on April 10, 2026. Photo by Arjun Singh / CREIMAS for IPL

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार चौथो जित दर्ता गरेको छ।

मिति २०८२ चैत २७ गते शुक्रबार गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशालामा भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गर्दै राजस्थानले अंक तालिकामा आफ्नो पकड मजबुत बनाएको हो।

२ सय २ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको राजस्थानले मात्र १८ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रभावशाली जित निकाल्यो। राजस्थानका लागि ध्रुव जुरेलले ८१ रनको शानदार पारी खेले भने वैभव सूर्यवंशीले ७८ रनको योगदान दिए। त्यस्तै, रविन्द्र जडेजाले २४ रन थपे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो। आरसीबीका लागि रजत पाटिदारले ६३ रनको अर्धशतकीय पारी खेले। विराट कोहलीले ३२ रन जोड्दा वेंकटेश अय्यरले २९ रन बनाए।

यस जितसँगै राजस्थान रोयल्स ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित रोयल च्यालेन्जर्स बेंगलुरु ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा सीमित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *