🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शम्भूजित बासकोटालाई लाइफटाइम, शिव र समीक्षा सर्वोत्कृष्ट गायक गायिका

काठमाडौं । विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८२ मा संगीतरत्न शम्भूजित बासकोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

संगीतका बादशाह संगीतरत्न बासकोटालाई नगद रु १ लाख १ रुपैयाँसहित सम्मानपत्र, ट्रफी, दोसल्ला र मालाद्वारा लाइफटाइभ अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

मिति २०८२ चैत २७ गते शुक्रबार सम्पन्न १६औं विन्ध्यवासिनी म्यूजिक अवार्डको अवसरमा लोकप्रिय गायक शिव परियार र लोकप्रिय गायिका समीक्षा अधिकारी सर्वोत्कृष्ट आधुनिक गायक गायिका घोषित भए । गायक परियारले परेली गीतबाट अवार्ड चुमेका हुन् भने गायिका अधिकारीले के हेरेको टुलुटुलु गीतबाट अवार्ड चुम्न सफल भएकी हुन् । उनीहरुलाई नगद रु.५ हजारसहित ट्रफी प्रदान गरिएको थियो ।

विभिन्न ११ विधामा आयोजना भएको १६ औं विन्ध्यवासिनी अवार्डमा कला पत्रकारिता सम्मानबाट पत्रकार पवन आचार्यलाई २५ हजार नगदसहित सम्मान अर्पण गरियो । त्यस्तै प्रेमध्वज संगीतरत्न सम्मानबाट नगद २५ हजारसहित गायिका रचना रिमाललाई सम्मान अर्पण गरिएको थियो । त्यसैगरी गीतकार विजय शिवाकोटीलाई नगद ५० हजार राशिसहित विन्ध्यवासिनी संगीत साधना सम्मान अर्पण गरिएको थियो । त्यस्तै लोकप्रिय गायक पशुपति शर्मालाई नगद २५ हजारसहित झलकमान लोक संगीत सम्मान अर्पण गरिएको थियो ।

१६औं विन्ध्यवासिनी म्यूजिक अवार्डमा सर्वोत्कृष्ट लोकदोहोरी गायिका ज्योति मगरले चुम्न सफल भइन् भने सर्वोत्कृष्ट लोकदोहोरी गायक अर्जुन सापकोटाले चुम्न सफल भए । गायिका मगरले ‘झ्याप्पै’ गीतबाट अवार्ड चुम्न सफल भएकी हुन् भने गायक सापकोटाले झलिको गीतबाट अवार्ड चुम्न सफल भएका हुन् ।

कार्यक्रमलाई स्वागत गर्दै अवार्डकी अध्यक्ष लीना शर्मा रेग्मीले स्रष्टा कलाकारहरुको सम्मानमा विन्ध्यवासिनी अवार्ड सदैव क्रियाशील र कर्तव्यबोधका साथ लागिपरेको बताएकी थिइन् । उनले सम्मान र अवार्डको कार्यक्रमलाई परिमार्जित गर्दै लगेको बताउँदै विगतका वर्षमा भइरहेको अवार्डभन्दा विधाहरु कटौती गरी ११ विधामा अवार्ड प्रदान गरिएको बताइन् ।

कार्यक्रममा समीक्षा अधिकारी, सुमन कुमार श्रेष्ठ, अजर जंगम, पशुपति शर्मा, रचना रिमालले गीत प्रस्तुत गरेका थिए भने गुरुआमा फिल्म्सको तर्फबाट गीता ढुंगाना, बबिन सिंह ठकुरी, कविता न्यौपाने, एलिना रायमाझीले नृत्य प्रस्तुत गरेका थिए ।

सर्वोत्कृष्ट शब्द रचनाको अवार्ड भूपेन्द्र बुढाथोकीले चुम्न सफल भए । गीतकार बुढाथोकीले सर्वाधिक भोटिङबाट प्राप्त गर्ने पब्लिक च्वाइस अवार्ड समेत चुम्दै दुई विधामा अवार्ड प्राप्त गरेका थिए । सर्वोत्कृष्ट संगीत रचनाको अवार्ड भने मिर्मिरेमा बासेको भाले गीतबाट शिव हमालले चुम्न सफल भए ।

त्यस्तै बैंशले जुरुक्क पा¥यो गीतबाट दिपक विष्टले सर्वोत्कृष्ट भिडियो सम्पादनको अवार्ड प्राप्त गरे भने बुद्ध थापाले ए आमा जाम भन्यो मलाई गीतबाट सर्वोत्कृष्ट छायाँकारको अवार्ड चुम्न सफल भए । सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडलको अवार्ड गीता ढुंगाना र प्रभातपाल ठकुरीले कता हिन्यौ साइला गीतबाट चुम्न सफल भए । त्यस्तै रितु बोहराले पैसा जोगाउन गीतबाट सर्वोत्कृष्ट नवगायनको अवार्ड चुम्न सफल भएकी थिइन् ।

फोटो : सुमन बैरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *