🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो sanghunews.com
—
—

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

मिति २०८२ चैत २७ गते शुक्रबार नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्ष तथा वार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले सरकार, सरोकारवाला निकाय, कूटनीतिक नियोग तथा विकास साझेदारहरूसँग गर्दै आएको सहकार्य प्रशंसनीय रहेको उल्लेख गरे ।

‘मुलुकको आर्थिक समृद्धि उद्योग व्यवसायको प्रवद्र्धन लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो यस संस्थाले निरन्तर योगदान प्रसंसनीय छ । नेपाल चेम्बर अफ कमर्सले सरकार, सरोकारवाला निकाय, कुटनीतिक नियोग तथा विकास साझेदारहरुसँग गर्दै आएको सहकार्य र खेलेको भूमिका सराहनीय छ,’ उनले भने ।

उनले नीति निर्माणमा वस्तुपरक विश्लेषण, अर्थतन्त्रका चुनौतीहरूमा स्पष्ट धारणा तथा व्यवहारिक सुझावमार्फत चेम्बरले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए ।

कोभिड महामारीको प्रभाव, आपूर्ति शृङ्खलामा आएको अवरोध, उत्पादन तथा व्यापारमा गिरावट र त्यसपछिको आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले अर्थतन्त्र प्रभावित भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको समन्वय अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘नीति निर्माणमा बस्तुपरक विश्लेषण अर्थतन्त्रका चुनौतीहरुमा स्पष्ट धारणा र व्यवहारिक सुझावहरु प्रदान गर्दैै यस संस्थाले आफ्नो भूमिका प्रभावकारी बनाउँदै लगेको छ । कोभिड महामारीको प्रभाव, आपुर्ति श्रृङखलामा आएको अवरोध, उत्पादन तथा व्यपारमा आएको गिरावट र त्यसपछिको आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले अर्थतन्त्रलाई प्रभाव पारेको छ । यस्तो अवस्थामा निजी क्षेत्र र सरकारबीचको समन्वय, सहकार्य अझै सुदृढ हुन आवश्यक छ ।’

उनले राजनीतिक स्थिरता नै आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्ने बताए ।

‘राजनीतिक स्थिरता, आर्थिक समृद्धिको आधार हो । स्थिर सरकार, स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *