🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो sanghunews.com
—
—

अपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी पक्राउ, ४० लाख बिगो दाबी

काठमाडौं । अपराधिक विश्वासघात तथा अनुचित लेनदेन सम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रेस विज्ञप्तिअनुसार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ५६ वर्षीय गोपाल श्रेष्ठ पक्राउ परेका हुन् ।

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्रेष्ठलाई खोजतलास गर्ने क्रममा प्रहरी टोलीले २०८२ चैत २६ गते काठमाडौं महानगरपालिका–२८ बागबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार श्रेष्ठविरुद्ध अपराधिक विश्वासघात तथा अनुचित लेनदेन सम्बन्धी कसुरमा ४० लाख रुपैयाँ बिगो कायम गरिएको छ । पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिद्धार्थनगर, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

उक्त मुद्दा लामो समयदेखि अनुसन्धानको क्रममा रहेको र फरार प्रतिवादीलाई नियन्त्रणमा लिएसँगै अब कानूनी प्रक्रिया अगाडि बढ्ने प्रहरीले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *