सर्लाही । सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथान निवासी राम बैलकोटी ५ बर्षीय छोरा वियान्श बैलकोटी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान उनका बुवाले आफ्नै खेतमा सिँचाइका लागि जडान गरिएको विद्युत् मोटर नजिकै खेल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल बयलबासमा लगिएकामा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।




