🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो sanghunews.com
—
—

सेनाको प्रशिक्षणमा नगर प्रहरी: धनगढीमा विपद् व्यवस्थापनमा नयाँ तयारी

धनगढी । धनगढी उप–महानगरपालिकाको आयोजनामा नगर प्रहरीहरूका लागि आगलागी व्यवस्थापन तथा जलजन्य प्रकोप व्यवस्थापन (Water Rescue) सम्बन्धी विशेष प्रयोगात्मक तथा अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । सुदूरपश्चिम पृतना अन्तर्गत तेघरी ब्यारेकमा नेपाली सेनाका दक्ष प्रशिक्षकहरूको संयोजनमा तालिम सञ्चालन गरिएको हो ।

उप–महानगरपालिकाले नगर क्षेत्रमा बढ्दो विपद् जोखिमलाई मध्यनजर गर्दै नगर प्रहरीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो तालिम आयोजना गरेको जनाएको छ । तालिममा आगलागी नियन्त्रणका आधारभूत विधि, प्राथमिक उद्धार प्रविधि, आपतकालीन अवस्थामा प्रयोग गरिने उपकरणहरूको प्रयोग, नदी तथा बाढीमा फसेकाहरूको उद्धार प्रक्रिया लगायतका विषयमा व्यवहारिक अभ्यास गराइएको छ ।

धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालका अनुसार तालिमको पहिलो दिन २०८२ चैत २४ गते विभिन्न सैद्धान्तिक तथा प्रयोगात्मक कार्यक्रमहरू सञ्चालन गरिएको थियो । उहाँले नगर प्रहरीलाई दक्ष र सक्षम बनाउने लक्ष्यसहित यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिममा सहभागी नगर प्रहरीहरूले नेपाली सेनाका प्रशिक्षकबाट प्रत्यक्ष अभ्यासमार्फत सिक्ने अवसर पाएको बताएका छन् । विशेष गरी बाढी, डुबान, आगलागी तथा अन्य आकस्मिक विपद्का घटनामा तत्काल प्रभावकारी रूपमा उद्धार तथा व्यवस्थापन गर्न सक्ने सीप विकासमा तालिम उपयोगी हुने विश्वास गरिएको छ ।

उप–महानगरपालिकाले यस तालिममार्फत स्थानीय तहमै विपद् व्यवस्थापनको प्रारम्भिक प्रतिक्रिया संयन्त्रलाई सुदृढ बनाउने अपेक्षा गरेको छ । आगामी दिनमा अन्य सुरक्षाकर्मी तथा स्वयंसेवकहरूलाई समेत समेटेर यस्ता कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *