🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यवसाय (एसएमई) कर्जामा जोखिम भार घटाएको छ । मिति २०८२ चैत २२ गते आइतबार एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले ३ करोड रुपैयाँसम्मका कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योगसम्बन्धी कर्जामा ६० प्रतिशत मात्र जोखिम भार लागू हुने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरिएको हुनुपर्ने वा धितो राखिएको घर–जग्गाको बजार मूल्यमा कम्तीमा २५ प्रतिशत मार्जिन कायम गरिएको हुनुपर्नेछ । साथै, लगानी हुने परियोजनाको बीमा गरिएको हुनुपर्ने प्रावधान पनि राखिएको छ ।

यसअघि २ करोड ५० लाख रुपैयाँसम्मका कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ अन्तर्गत राखी ७५ प्रतिशत जोखिम भार लागू हुँदै आएको थियो । सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअनुसार कृषि, सूचना प्रविधि र एमएसएमई क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले जोखिम भार घटाइएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *