🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो sanghunews.com
—
—

आईपीएल : राजस्थानसँग गुजरात ६ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले जित हातल पारेको छ । शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमात्रै बनाउन सक्यो ।

टस् हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएको थियो । ब्याटिङमा ध्रुव जुरेलले ४२ बलमा ७५ रन बनाए ।
यसैगरी ओपनर ब्याट्सम्यान यशस्वी जैयसवालले ३६ बलमा ५५ रन र वैभव सूर्यवंशीले १८ बलमा ३१ रन बनाएका थिए ।

गुजरातका लागि कागिसो रबाडाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए भने अशोक शर्मा र रासिद खानका नाममा १–१ विकेट । साई सुदर्शनले ४४ बलमा ७३ रन बनाए । जोस बटलरले २८ र रासिद खानले २४ रन जोडे। अन्तिम २ ओभरमा जितका लागि १५ रन आवश्यक रहेकामा गुजरातले ८ रन मात्रै जोड्न सक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *