🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो sanghunews.com
—
—

आगलागीबाट १ करोड बढीकाे धनमाल जलेर नष्ट

काठमाडौं, १४ चैत।  दोलखा, कालिन्चोक गाउँपालिका-९ कटुवाचौर बस्ने नन्द प्रसाद रेग्मी, धनवीर थामी र इन्द्र बहादुर थामीको घरमा २०८२ चैत १३ गते  शुक्रबार दिउँसो आगलागी हुँदा तीनै जनाको गरी करिब १ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बारा, करैयामाई गाउँपालिका-६ सहजौली टोल बस्ने लक्ष्मी नारायण यादवको सोही गाउँपालिका-५ बुनियादस्थित उखु बालीमा शनिबार बिहान आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सल्यान, बागचौर नगरपालिका-१२ बस्ने ५२ वर्षीय रतिमान खत्रीको घरमा शुक्रबार साँझ आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *