🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शपथमा शंखनाद, राजनीतिक सन्देश : रास्वपाको शैली कि नयाँ संकेत ?

काठमाडौं, चैत ११ । नयाँ सरकार गठनको प्रक्रियासँगै प्रधानमन्त्रीको शपथ समारोहलाई लिएर असामान्य तयारी सार्वजनिक भएको छ। सामाजिक सञ्जालमार्फत बाहिरिएको विवरणअनुसार शपथ कार्यक्रम केवल औपचारिकता नभई धार्मिक–सांस्कृतिक शक्ति प्रदर्शनको रूपमा प्रस्तुत गरिँदैछ।

१०८ बटुकको स्वस्ति–शान्ति वाचन, १०७ बौद्ध लामाहरूको मंगलगान, र ७ ब्राह्मणको शंखनाद-यी सबै तयारीले शपथलाई राज्यको कार्यक्रमभन्दा बढी सांस्कृतिक–राजनीतिक सन्देश बनाउने संकेत देखिन्छ।

यो दृश्य संयोग मात्र होइन। प्रतिनिधिसभामा एकल बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले केवल सरकार बनाउने होइन, राजनीतिक शैली नै बदल्ने दाबी गरिरहेको छ। यही सन्दर्भमा शपथ समारोह पनि एउटा ‘स्टेटमेन्ट’ जस्तो देखिन थालेको छ- “हामी फरक छौं, हाम्रो प्रस्तुति पनि फरक छ।”

तर प्रश्न उठ्छ- यो परम्पराको सम्मान हो कि धर्ममार्फत जनभावनालाई समेट्ने रणनीति ?

एकथरी यसलाई “संस्कारको पुनर्स्थापना” भन्छन्। अर्काथरी भने यसलाई राजनीतिक ब्रान्डिङ को रूपमा हेर्छन्।

नेपाल धर्मनिरपेक्ष राष्ट्र भए पनि समाजमा धर्म गहिरो छ। रास्वपाले यही संवेदनशील धरातलमा टेकेर सन्देश दिन खोजेको देखिन्छ—
बहुसांस्कृतिकता देखाउने, तर केन्द्रमा सनातनको झल्को दिने।

यो केवल अनुष्ठान होइन, शक्ति संकेत पनि हो।
बहुमतको सरकार, आफ्नै शैलीको प्रस्तुति, र पुराना दलभन्दा फरक ‘भिजुअल राजनीति’—यी सबैको मिश्रण अहिलेको शपथ तयारीमा देखिन्छ।

तर अन्तिम प्रश्न अझै खुला छ- शंखनादले सुरु भएको सत्ता, कामको परिणाममा पनि त्यतिकै गुञ्जिन्छ कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *