🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो sanghunews.com
—
—

छठ पूजाको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिदै

वीरगन्ज । पर्सा लगायत देशभरि आज छठ पूजाको तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । हर्ष उल्लासका साथ छठी घाटमा पुगेका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चैती छठ पर्वको आज तेस्रो दिन व्रतालुहरू पर्सामा रहेका तलाउ, पोखरी, खोला तथा जलाशयका किनारमा बनाइएका छठी घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् ।

ठूलो–सानो र जात–धर्मको परिधिबाट बाहिर रहेको सद्भाव र बन्धुत्वको पर्व छठ पूजाका लागि वीरगन्जका घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, रानीघाट, छपकैया, बजार छपकैया लगायतका स्थानमा सिँगारिएका छठी घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजा–आराधना गरेका छन् ।

पारिवारिक सुख–शान्ति र सन्तान प्राप्तिका लागि खासगरी तराईमा मनाइने छठ पर्वको महत्व बढ्दै जाँदा दुई दिनसम्म निर्जला व्रत बसेर छठ पर्व गर्नेहरूको संख्या दिनानुदिन बढ्दै गएको घडिअर्वा पोखरी छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले बताउनुभयो । उहाँले केही वर्ष अघिसम्म चैती छठ पूजा गर्नेहरूको संख्या कम भए पनि हाल बढ्दै गएको जानकारी दिनुभयो ।

विधिपूर्वक छठ पर्व मनाउँदा परिवारका सदस्यलाई भएको छालासम्बन्धी रोग निको हुने र श्रीमानको आयु लामो हुने धार्मिक मान्यता रहेको व्रतालुहरूको विश्वास छ । भोलि अर्थात् पूजाको चौथो दिन उदाउँदो सूर्यलाई व्रतालुले अर्घ अर्पण गरेपछि पूजा सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *