🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोलम्बियामा सैन्य विमान दुर्घटना : ६६ जनाको मृत्यु, उद्धार कार्य जारी

काठमाडौं । कोलम्बियाको दक्षिणी क्षेत्रमा सैनिक जवानहरू बोकेको एउटा सैन्य विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ ।  सन् २०२६ मार्च २३ सोमबार भएको यस दुखद दुर्घटनामा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोलम्बियाका रक्षामन्त्री पेड्रो ए सान्चेजका अनुसार ‘हर्कुलस’ नामको उक्त सैन्य विमान पुएर्टो लेगुइजामो बाट उडान भर्ने क्रममा दुर्घटनामा परेको हो । विमानले सैनिक जवानहरू ओसारपसार गरिरहेको थियो । रक्षामन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सैन्य टोलीहरू घटनास्थलमा पुगिसकेको जानकारी दिएका छन् ।

दुर्घटनामा परेकाहरूको यकिन सङ्ख्याबारे फरक–फरक विवरणहरू बाहिर आएका छन् । कोलम्बियाली एयरोस्पेस फोर्सले सामाजिक सञ्जाल एक्स मार्फत ६ जना चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि गरेको छ ।

यद्यपि, समाचार संस्था रोयटर्सले सैन्य स्रोतलाई उद्धृत गर्दै सोमबार साँझसम्म मृतकको सङ्ख्या ६६ पुगेको जनाएको छ । कोलम्बियाको ठूलो पत्रिका एल टिएम्पो ले विमानमा कम्तीमा १२० जना सवार रहेको उल्लेख गरेको छ ।

अहिले घटनास्थलमा तीव्र रूपमा उद्धार कार्य भइरहेको । घाइतेहरूलाई उपचारका लागि सैन्य अस्पताल लगिएको । घटनाको यकिन कारण अझै खुल्न सकेको छैन र अनुसन्धान जारी छ ।

गत फेब्रुअरीमा पनि बोलिभियाली वायुसेनाको हर्कुलस विमान दुर्घटना हुँदा दर्जनौँको मृत्यु भएको थियो । कोलम्बियाको यो घटनालाई सोही प्रकृतिको अर्को ठूलो सैन्य विमान दुर्घटनाका रूपमा हेरिएको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।

-एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *