🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन

रामेछाप । रामेछापको सुनापति गाउँपालिका– १ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नै नआई भत्किएको छ । संघीय सरकारको बजेट करिब २ करोडको लागतमा निर्माण भएको सो भवन प्रयोगमा नै नआई भत्किएको हो ।

स्वास्थ्य चौकीको भवनको तल्लोपट्टिको चौर खारेर बनाइएको भवनको मुनि खनिएको सडक र माथिबाट खारेको दुवैतिरबाट पहिरो चलेपछि पहिरोले तानेर र पुरिएर भवन भत्किएको हो ।

दुई तल्ले सो भवनको जगदेखिको भाग पहिरोको कारण भत्किएर चिरा–चिरा परेको छ । भवनको माथिबाट पनि पहिरो झरेर भवनमा क्षति पुर्याएको छ ।
सो भवनसँगै रहेको शौचालयको पर्खाल चिरिएर भत्कन ठिक्क परेको छ । शौचालयको भवन जगसहित बगेको छ ।

वडाध्यक्ष ध्रुव चौलागाईँका अनुसार गत वर्ष र यस वर्षको वर्षाको बेला परेको अविरल वर्षाको कारण भवन बनाएको ठाउँ बगेको हो । नयाँ बनेको भवन प्रयोग गर्न नपाई क्षति पुगेपछि साँघुरो कोठामा प्रसूति केन्द्र सञ्चालन गर्नुपरेको उनले बताए । ‘यो भवनमा छिर्न सक्ने अवस्था नै छैन, हामीलाई एउटा भवनको अति आवश्यक छ,’ चौलागाईँले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *