🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले मिति २०८२ चैत ६ गते शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ एक÷एक जना कर्मचारी मागेको छ । प्रशासनतर्फको प्रबन्धकमा महिला र प्राविधिकतर्फ आदिवासी जनजाति समुदायबाट नियुक्त गरिने पनि प्राधिकरणले जनाएको छ । त्यस्तै उपप्रबन्धकतर्फ प्रशासनमा एक जना र प्राविधिकमा २ जना कर्मचारी माग गरिएको छ ।

वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा विभिन्न संख्यामा कर्मचारी परिपूर्ति गर्न दरखास्त आह्वान भएको छ । तह ९ र ८ का लागि दरखास्त दस्तुर १६ सय रूपैयाँ, तह ७ र ६ का लागि १२ सय, तह ५ र ४ का लागि ६०० रूपैयाँ तोकिएको छ ।

थप समूहका लागि सम्बन्धित तहका लागि तोकिएको दस्तुरको ५० प्रतिशत थप दस्तुर बुझाउनुपर्नेछ । दरखास्त दिने अन्तिम चैत २६ गतेसम्म तोकिएको छ । त्यसपछि दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *