🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नागढुंगाबाट हुण्डी–क्रिप्टो गिरोह समातियो, डेढ करोडभन्दा बढी नगदसहित सागर गिरी र प्रमोदप्रसाद धिताल पक्राउ

काठमाडौं, २ चैत । काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले चैत २ गते साेमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भीमढुंगामा छापा मारेर २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताललाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट रु. १,१६,००,००० नगद बरामद भएको छ। यससँगै हुण्डी तथा अभौतिक मुद्रा कारोबारमा प्रयोग भएको आशंका गरिएका विभिन्न सामग्री पनि फेला परेका छन्।

बरामद सामग्रीमा विभिन्न बैंकका ३ थान चेकबुक, २७ लाख ३० हजार रुपैयाँ बराबरका ३ थान चेक, विभिन्न बैंकका ४ थान एटीएम कार्ड, १ थान नागरिकता, २ वटा चारपाङ्ग्रे सवारी, १ वटा दुईपाङ्ग्रे सवारी, ३ थान सवारी दर्ता किताब, ६ थान मोबाइल फोन, एनसेल र एनटीसीका ३१ थान सिमकार्ड, १ थान कम्प्युटर सेट रहेका छन्।

प्रहरीले Binance खातामा रहेको 7,175.34 USDT समेत फेला परेको जनाएको छ। यसले पक्राउ परेकाहरूको गतिविधि केवल नगद हुण्डीसम्म सीमित नभई डिजिटल मुद्रासँग समेत जोडिएको संकेत गरेको छ।

काठमाडौं उपत्यकाको नाका क्षेत्रमा बसेर नगद, बैंकिङ उपकरण, सिमकार्ड र डिजिटल वालेटमार्फत समानान्तर वित्तीय कारोबार चलाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *