🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देव खनालको कप्तानीमा पीएम कपका लागि लुम्बिनीको टिम घोषणा

काठमाडौँ । लुम्बिनी प्रदेश क्रिकेट संघले देव खनालको कप्तानीमा पीएम कप खेल्ने टिमको घोषणा गरेको छ । 

लुम्बिनीले आइतबारदेखि लुम्बिनी प्रदेशमै हुने पीएम कपका लागि देवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । लुम्बिनीको टिममा देव खनाल (कप्तान), आकाश त्रिपाठी, मृनाल गुरुङ, प्रज्वल थापा, मनिष थापा, सम्राट भुसाल, सुशान्त सिंह थापा, नरबहादुर सार्की, बिर बहादुर घर्ति, रमेश कुर्मी, निर्मल गुरुङ, अजय चौहान, कृष्ण कार्की, सलौद्धीन खान र बिपर्शन केसी रहेका छन् । 

लुम्बिनीले आफ्नो पहिलो खेल आइतबारसिद्धार्थ रंगशाला भैरहवामा कोशी प्रदेशविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । आइतबारदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदैछन् ।