नयाँदिल्ली, २९ मंसिर । भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई एपोलो अस्पतालमा भर्ना गरिएको छ ।
९६ वर्षीय भाजपा नेता लालकृष्ण आडवाणीको न्यूरोलोजी विभागका वरिष्ठ सल्लाहकार डा. विनीत सुरीको निगरानीमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखा परे पछि शुक्रबार राति उनलाई अस्पताल लगिएको हो ।
यस अघि ०४ जुलाई २०२४ मा पनि आडवाणीलाई एपोलो अस्पतालमा भर्ना गरिएको थियो। त्यसको केही दिनअघि आडवाणीलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) लगिएको थियो । एक रात एम्समा बसेपछि उनलाई डिस्चार्ज गरिएको हो ।
लालकृष्ण आडवाणीलाई २७ जुनमा दिल्लीको एम्सबाट डिस्चार्ज गरिएको थियो । उमेरको कारणले गर्दा स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई दिल्ली एम्समा भर्ना गरिएको हो । लालकृष्ण आडवाणीलाई जेरियाट्रिक विभागका चिकित्सकहरूको निगरानीमा राखिएको थियो ।
चिकित्सकहरूले उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको जनाएका छन्।



