एमालेमा दुईधारको राजनीति चल्न सुरु...?
काठमाडौं । एमालेको आन्तरिक समीकरण केही पेचिलो र मुखर बन्न थालेको छ । मुख्यगरी अध्यक्ष केपी ओलीपछिको वैकल्पिक एमाले नेतृत्वको लागि देखिएको प्रतिस्पर्धामा केही घटनाक्रमहरु अहिले देखिनेगरी नै पोखिन थालेका छन् ।
त्यसले गर्दा एमालेको सत्ता राजनीति पनि प्रभावित हुने संकेत पनि देखिएको छ । एमाले महासचिव शंकर पोखरेल केही वर्षदेखि नेपालमा दुई दलीय व्यवस्थाको पक्षमा बोलिरहेका छन् । उनी संविधान संशोधन गरेर राजनीतिक स्थिरताका लागि चुनाव प्रणालीमा परिवर्तन गर्न चाहिरहेका छन् ।
अनि राजनीतिक दलसम्बन्धी कानून संशोधन गरेर राष्ट्रिय दलका लागि आवश्यक थ्रेसहोल्ड बढाउने पक्षमा देखिएका छन् । उनले यी कुरा एमालेको महासचिवकै हैसियतले निरन्तर बोली पनि रहेका छन् ।
महासचिव पोखरेलको यो कुरामा एमालेभित्र एक मत भने देखिएको छैन । उनको व्यक्तिगत टिप्पणी वा धारणाजस्तो देखिएको छ । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायतका नेताहरु नै महासचिव पोखरेलको धारणासग असहमत देखिएका छन् ।
उनीहरुले सार्वजनिक रुपमा नै पोखरेलको व्यक्तिगत धारणा भन्न थालेका छन् । पार्टी दुई दलीय प्रणालीमा जाने कुरामा सहमत नभएको भनिरहेका छन् । विभिन्न सञ्चारमाध्यममा उनीहरुले बोलेका पनि छन् । त्यसलाई एमालेभित्र देखिएको दुुईधारको कुरासग जोडिएको छ ।
एमाले पार्टीमा बढ्दो गुटबन्दीको असरको रुपमा पनि हेरिएको छ । पछिल्ला दिनमा उपाध्यक्ष विष्णु पौडेललाई साइजमा राख्नुपर्ने रणनीतिमा रहेको महासचिव पोखरेल समूहलाई अन्य नेताहरुले काउन्टर गर्न थालेपछि धारणा पनि परिवर्तन गर्न थालेका छन् ।
केही २०८१ भदौ २० गते सुर्खेत पुगेर पोखरेलले आफूले दुई दलीय व्यवस्थाको वकालत नगरेको भन्दै पूर्व धारणाबाट ब्याक भएको संकेत गरेका छन् ।
त्यसो त, पछिल्ला दिनमा एमालेभित्र विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायतको एउटा पंक्तिलाई चाहि एमालेभित्र शक्ति केन्द्र मानिएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको टीमको मान्छेको रुपमा हेरिने गरिन्छ ।
महासचिव शंकर पोखरल पुरानो सम्बन्धको हिसाबले विद्यादेवी भण्डारीसगनिकट भएपनि अहिले अध्यक्ष ओलीसग धेरै नजिक भएर काम गर्दा भण्डारीसँग भने दूरी बढेको अर्थमा विश्लेषण पनि भइरहेको छ ।
त्यसैले, राजनीतिक नियुक्तिमा त्यस्तो घटना प्रतिविम्बित भइरहेको पनि बताइन्छ । त्यसमा नेताहरुले सन्तुलन मिलाउन खोजेको पनि बताइन्छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्री गुरुङले प्रधानमन्त्री ओली र भण्डारीलाई सन्तुलन मिलाउने गरी नै राजनीतिक नियुक्ति गरेको भन्दै एमालेभित्र चर्चा भइरहेको छ ।
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त गरेर गुरुङले प्रधानमन्त्री ओलीलाई खुसी बनाएको र रेडियो नेपालमा अमरध्वज लामालाई नियुक्त गरेर पूर्व राष्ट्रपति भण्डारीलाई म्यानेज गरेको पनि बताइन्छ ।
अर्थमन्त्री रहेका विष्णु पौडेललाई भने प्रधानमन्त्री ओलीले अस्वभाविक रुपमा व्यवस्थापन गर्न चाहेको एमालेमा चर्चा भइरहेको छ । अर्थमन्त्री पौडेललाई नियन्त्रण गर्न आर्थिक सल्लाहकार युवराज खतिवडा क्रियाशील रहेको पनि बताइन्छ ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिकै बेलामा पनि अर्थमन्त्री पौडेल र खतिवडाको कुरा बाझिएको र राष्ट्र बैंकले खतिवडाको कुरा धेरै सुनेको बताइन्छ ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति पनि अर्थमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको कुरा मिलेको छैन । त्यसैले, गत बर्ष पुसमा रिक्त रहेको अध्यक्ष अहिलेसम्म नियुक्त हुन सकेको छैन ।
एमालेभित्र बढ्दो गुटबन्दीको असर पार्टीसत्तादेखि राज्यसत्तासम्म देखिएको भन्दै एमालेका मझौला नेताहरु भने अहिले समस्यामा परेका छन् ।
हुन त विगतदेखि नै गुटबन्दी गर्नमा खप्पिस भएर आएका एमाले नेताहरुले अहिलेको अवस्थालाई पनि व्यवस्थापन गर्ने चर्चा एमालेमा हुने गरेको छ ।

प्रतिकृया दिनुहोस