• शुक्रबार-पौष-१९-२०८१

स्वास्थ्यको सरुवामा अब थैली भेट नचल्ने ! : खरिदार, नासु र शाखा अधिकृतको सरुवा कति पारदर्शी ?

 

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नेतृत्वको स्वास्थ्य मन्त्रालयले आफू अन्तर्गतको सरूवा सन्तुलित ढंगले गर्दै बेथिति हटाउने कोसिस गरेको कर्मचारीहरु बताउछन् । यसअघि कर्मचारीहरुको सरुवामा थैली बुझाएर आकर्षक र मालदार कार्यालय, महाशाखा, अस्पताल, विकास समिति, आयोग र विभागमा सरूवा र थमौती हुँदै आएको थियो । यसपटक भने मन्त्री पौडेलले नीतिगत निर्णय गर्दै दुई वर्ष भन्दा बढी समयदेखि एकै निकायमा रहेर कामकाज गर्दै आएका प्रशासनका कर्मचारीहरूको सरूवा गरेर असल कामको सुरुवात गरेको कर्मचारीहरुले बताएका छन् ।


स्वास्थ्य मन्त्रालयले गत साता मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ३९ जना खरिदार, नासु, तथ्यांक अधिकृत र शाखा अधिकृत कर्मचारीहरूको सरुवा तथा पदस्थापना गरेको थियो । ०८१ कात्तिक ५ गते  मन्त्रालयले एकै स्थानमा दुई वर्ष भन्दा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई अन्यत्र सरुवा गरेको छ । जसमा केही नायब सुब्बा र खरिदारतर्फ पनि मन्त्रालयले तीन जनाको सरुवा र एक जनाको पदस्थापन गरेको मन्त्रालय स्रोतले जनाएको छ ।  


मन्त्रालयले डिगबहादुर विष्टलाई विभागबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा सरुवा गरिएको छ । औषधि व्यवस्था विभाग काठमाडौंमा कार्यरत लीला देवी अर्याल बास्तोलालाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा खटाइएको छ । मन्त्रालयमा कार्यरत रीता खतिवडालाई कोशी अस्पताल विराटनगरमा सरुवा गरिएको छ । बाबुराम भट्टराईलाई मन्त्रालय र मन्त्रालयमा कार्यरत विनोद सापकोटा र गौरी प्रसाद आचार्यलाई स्वास्थ्य सेवा विभाग टेकुमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

 

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुमा कार्यरत तथ्यांक अधिकृत पुष्पराज जोशीलाई विभागमा सरुवा गरिएको छ । मन्त्रालयमा कार्यरत रहेका शिवलाल शर्मालाई केन्द्रमा पदस्थापना गरिएको छ । मन्त्रालयमा कार्यरत नायब सुब्बा ठाकुर प्रसाद अधिकारीको विभाग र विभागका निशेन्द्र पौडेललाई औषधि व्यवस्था विभागमा खटाइएको छ । विभागमा कार्यरत सावित्रा भट्ट दुवाडीलाई मानसिक अस्पताल लगनखेल ललितपुरमा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सरोज गौतमलाई मन्त्रालयमा सरुवा गरिएको छ ।


मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत शाखा अधिकृत रामप्रसाद ओलीलाई स्वास्थ्य सेवा विभाग टेकु र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुमा कार्यरत शाखा अधिकृत सुरेश भट्टराईलाई मन्त्रालयमा सरुवा गरेको छ । स्वास्थ्य सेवा विभाग टेकुका कार्यरत शाखा अधिकृत सुरेश खनाल मन्त्रालयमा भित्रिएका छन् । विभागमा कार्यरत यादव प्रसाद सापकोटालाई औषधि व्यवस्था विभाग र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा कार्यरत लीलादेवी प्रसाईंलाई विभागमा खटाइएको छ ।

 

तालिम केन्द्रमा कार्यरत नायव सुब्बा शेरबहादुर खड्काको स्वास्थ्य सेवा विभाग र मन्त्रालयमा कार्यरत सीताराम दाहालको प्रयोगशालामा सरुवा भएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा कार्यरत नायब सुब्बा गंगा पौडेलको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पदस्थापना गरिएको मन्त्रालयले जनाएको छ । औषधि व्यवस्था विभागमा कार्यरत नायब सुब्बा महेश भट्टराईलाई राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुमा खटाइएको छ । औषधि व्यवस्था विभागमा कार्यरत राजेन्द्र तिम्सिनाको पशुपति होमियोप्याथिक चिकित्सालय ललितपुरमा सरुवा भएको छ ।


सुशील प्रसाद यादवलाई नारायणी अस्पताल र मन्त्रालयमा कार्यरत खरिदार कमला अधिकारीलाई राष्ट्रिय ट्रमा सेन्टरमा पदस्थापन गरिएको छ ।  वीर अस्पतालमा कार्यरत सिनियर अ.हे.व टिकाराम पनेरुलाई पशुपति होमियोप्याथिक चिकित्सालय ललितपुरमा काज सरुवा गरिएको छ । वीर अपतालमा कार्यरत युवराज सुवेदीलाई मानसिक अस्पताल ललितपुरमा सरूवा गरिएको मन्त्रालयले जनाएको छ ।


औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगंजमा कार्यरत वीरेन्द्र महतोलाई किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा सरुवा गरिएको छ । सो केन्द्रमा कार्यरत भीम बहादुर थापाको भने औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगंजमा सरुवा भएको छ । मन्त्रालयमा कार्यरत गिरिराज खतिवडालाई आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग टेकुमा खटाइएको छ । मन्त्रालय कार्यरत यादव प्रसाद बस्यालको आयुर्वेद चिकित्सालय नरदेवीमा र यदुनाथ जोशीको डडेलधुरा अस्पताल डडेल्धुरामा पदस्थापन तथा सरूवा गरिएको मन्त्रालयले जनाएको छ ।


 शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत खरिदार राजन आचार्यलाई मन्त्रालयले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत मीन बहादुर थापा मगरको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा सरुवा गरेको छ । ट्रमा सेन्टरमा कार्यरत विजयराज तिमल्सेनाको कान्ति बाल अस्पतालमा सरुवा भएको बताइन्छ । मन्त्रालयमा कार्यरत सुब्बा हेमचन्द्र निरौलालाई कोशी अस्पताल विराटनगरमा खटाइएको छ ।


औषधि व्यवस्था विभागमा कार्यरत रहेकी विष्णु रायमाझीको राष्ट्रिय औषधि प्रयोगशाला सरुवा भएको छ ।  राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा कार्यरत रूपा घिमिरेको औषधि व्यवस्था विभाग र वीर अस्पताल नर्सिङ क्याम्पस काठमाडौँमा कार्यरत वसन्त कमल आचार्यको औषधि व्यवस्था विभागमा सरुवा भएको छ । मानसिक अस्पतालमा कार्यरत रमेश प्रसाद कँडेलको औषधि व्यवस्था विभागमा सरुवा भएको छ । मन्त्रालयमा कार्यरत सिताकुमारी मैनाली रिजालको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र मन्त्रालयमा कार्यरत मुरारी दुलाल उपाध्यायको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा पदस्थापन गरिएको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक १२) 
 

प्रतिकृया दिनुहोस