• बिहीबार-असोज-३-२०८१

त्रिविको सुधारमा विद्यार्थी नेता बाधक ! 

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आइन्दा नेतृत्वजति खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने अभ्यासको विकास गर्न लागेको छ । उपकुलपति खुला प्रतिस्पर्धाबाट आएपछि अन्य पदहरु पनि त्यसरी नै नियुक्त गर्ने खोजिएको हो । विभिन्न संकायका डीन, सहायक डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुखसमेत खुला प्रतिस्पर्धाबाट ल्याउन खोजिएको छ । खुला प्रतिस्पर्धा भनेर त्रिवि बाहिरका व्यक्तिलाई भने अवसर दिइएको छ । अहिले त्रिवि बाहिरका प्राध्यापकहरुका लागि पनि बाटो खुला गर्नुपर्ने आवाज उठेको छ । 


  २०८१ भदौ १७ गते जारी गरेको सूचनामा त्रिविभित्रकामात्रै अवसर पाउने छन् । अनि, क्याम्पस प्रमुखको हकमा पनि पनि क्याम्पसभित्रका मात्रै अवसर पाउनेछन् । तर, त्रिविले निजी कलेजमा लगानी गरेकाहरुलाई भने ती पदमा रोकेको छ । जसले ती पदमा दाबी गर्ने हो भने उसले निजी कलेजमा लगानी नभएको वा नगरेको स्वघोषणा गर्नुपर्नेछ । त्यसले गर्दा त्रिवि सुधारमा सामान्य प्रयास भने हुन आंकलन गरिएको छ । हुन त, लिखित रुपमा नै भिजन पेपर पनि बुझाउनुपर्ने त्रिविले भनेको छ । त्यसकारणले लिखित रुपमा नै आउने यस्ता भिजन अनुसार काम भए नभएको जाँच गर्ने मौका त्रिविले पाउँछ र नियुक्ति पाएपछि काम गर्न नसकेमा प्रश्न गर्न पाउँछ ।

 

तर, त्रिविका लागि अहिले चुनौती भनेको विद्यार्थी संगठनहरु रहेको पनि त्रिविमा चर्चा भइरहेको छ । स्ववियुका साथै विभिन्न दलका विद्यार्थी संगठनहरुले त्यसरी खुला प्रतिस्पर्धाबाट आएका प्रमुखलाई काम गर्न कति सहज वातावरण दिन्छन् होला ? भन्ने प्रश्न रहेको छ । हरेक क्याम्पसमा विद्यार्थी नेताहरु गुण्डागर्दी शैलीमा प्रस्तुत हुने गरेका छन् । उनीहरुको दैनिक खर्च टार्न क्याम्पस प्रमुखले पैसा दिनुपर्ने बाध्यता अहिले रहेको छ ।  त्यसैले, क्याम्सप सुधारका प्रयासभन्दा पहिला विद्यार्थी संगठनलाई तह लगाउनुपर्ने आवाज पनि बलियो गरि उठिरहेको छ । त्यसपछि त्रिविले विदेशमा पढेका र पढाइरहेका प्राध्यापकलाई पनि भित्र्याउने बाटो खुला गर्नुपर्ने आवाज उठिरहेको छ । 

प्रतिकृया दिनुहोस