घर भाडा नतिर्दा काठमाडौंका पत्रकार बद्नाम : बजेटमा पत्रकारका बुँदा होला त कार्यान्वयन ?
काठमाडौं । २०८१/८२ को सरकारको बजेटको ११८ बुँदामा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिको लागि तालिम दिने उल्लेख गरिएको छ । साथै, प्रविधिको तीव्र विकाससँगै सूचना प्रवाहमा आएको बदलाव र श्रमजीवी पत्रकारको बदलिएको पेशागत चुनौतीलाई दृष्टिगत गर्दै श्रमजीवी पत्रकारको व्यवसायिक तथा पेसागत क्षमता अभिवृद्धिको लागि तालिम सञ्चालन गर्नुपर्ने माग बढ्दै गएका छन् ।
समाचारमूलक अनलाइन माध्यमलाई छिटो वर्गीकरण गरी अन्य समाचार माध्यम सरह सुविधा र नियमनको व्यवस्था गर्नुपर्ने माग हुँदै आएका छन् । युट्युबलगायतका डिजिटल मिडियाले समाजमा पारेको प्रभाव र चुनौतीलाई दृष्टिगत गर्दै पत्रकार आचारसंहिता र मूल्यमान्यता आत्मसात गराउनका लागि नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बीमालाई स्वास्थ्य उपचार बीमामा रुपान्तरण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवाज पनि उठ्ने गरेका छन् ।
ज्येष्ठ पत्रकार सम्मान वृत्तिकोष निर्देशिका परिमार्जन, रकम बृद्धि, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन र समस्याको दीर्घकालीन समाधानको नीतिगत समन्वय गर्ने कामलाई सरकारले तत्कालै अगाडि बढाउनु पर्ने माग भइरहेको छ । सरकारले सञ्चार क्षेत्र र पत्रकारका यस्ता समस्याहरूलाई गम्भीरतापूर्वक लिई कार्यान्वयनमा लाग्नु पर्ने आवश्यकता रहेको छ । सञ्चार क्षेत्रसँगको सहकार्यमा नीतिगत तथा अन्य सुधारको काम तत्काल गरिनुपर्ने माग हुँदै आएको छ ।
मिडिया काउन्सिल ऐनमा संविधानमा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पूर्ण रूपमा कार्यान्वयन हुने गरी ल्याउनुपर्नेमा जोड दिइएको छ । स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउने गरी ल्याइने कुनै पनि कानूनलाई पत्रकारहरूले नमान्ने र त्यसका लागि पुनः संघर्ष गर्नुपर्ने स्थिति नआवोस् भन्नेमा पत्रकारहरु सचेत रहेका छन् ।
काठमाडौं शाखा निस्कृय
पत्रकार महासंघको शाखाहरु मध्ये काठमाडौं शाखा नेपालकै सबै धेरै सदस्य रहेको ठुलो शाखा हो । २०५४ सालमा उत्कृष्ट रिपोर्टका आधारमा श्रमजीवी पत्रकारलाई गोलमेडल बाँड्न सफल इतिहास बोकेको शाखा हो । २०७७ साल चैत्रमा एक हजार ४ सय ८२ सदस्य रहेको काठमाडौं शाखा निकै लामो समयदेखि निस्कृय अवस्थामा रहेको छ । कार्यालय लामो समयदेखि खुलेको देखिदैन । डेढ दशकदेखि शाखाले कार्यालयको घर भाडासमेत तिरेको छैन ।
समाज कल्याण परिषदको भृकुटीमण्डपमा सञ्चालन कार्यालयले पटक–पटक घरभाडा रकम भुक्तानी गर्न महासंघलाई पत्रचार गर्दै आएको । त्यसका लागि सार्वजनिक सूचनासमेत प्रकाशित गरेको छ । २०८१ असार मसान्तमा घर भाडा बक्यौता २६ लाख ४२ हजार ८ सय ६१ रूपैयाँ पुगेको परिषद स्रोतले जनाएको छ । महासंघमा युवराज विद्रोही अध्यक्ष भएपछिदेखि घरभाडा रकम भुक्तानी नगरी भृकुटीमण्डपमा जबरजस्ती घर कब्जा गरेर बसेको बताइन्छ । त्यसअघि किशोर नेपाल र अशोक श्रेष्ठ अध्यक्ष हुँदा महासंघको कार्यालय थिएन । गोपाल बुढाथोकी अध्यक्ष भएपछि बागबजार भक्तपुर बसपार्क छेउमा दुईवटा कोठा भाडामा लिएर कार्यालय व्यवस्थित रुपमा सञ्चालन गरेका थिए ।
ईश्वरी वाग्ले अध्यक्ष हुँदा पनि सोही ठाउँमा कार्यालय थियो । त्यसपछि हरि लम्साल अध्यक्ष भएपछि उनले पहिला डिल्लीबजार र त्यसपछि बिजुलीबजारमा कार्यालय सञ्चालन गरेर जेनतेन घर भाडा तिरेका थिए । तर, उनीपछिका अध्यक्षहरु विद्रोही, गोविन्द प्रसाद चौलागाई, शन्तराम बिडारी र सूर्य सुवेदीले भाडासमेत नबुझाउँदै कार्यालय सञ्चालन गरेका छन् । जसले गर्दा अहिले काठमाडौं जिल्लाका १४ सय पत्रकारहरूको शिर निहुरिएको छ ।
नालायक नेतृत्व
महासंघको काठमाडौं शाखा नेतृत्व असक्षम, नालायक र फितलो हुँदा पत्रकारका हकहित र अधिकार, पेशागत दक्षता, तालिम, क्षमता अभिवृद्विलगायतका कार्य हुन सकिरहेको छैन । नयाँ सदस्यता सिफारिस पनि सर्वसम्मत हुन नसक्नु नेतृत्वको कमजोरी नै मानिन्छ ।
२०४९ सालमा वरिष्ठ पत्रकार किशोर नेपालको नेतृत्वमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा स्थापना भएको थियो । त्यसयता स्व.अशोक श्रेष्ठ, गोपाल बुढाथोकी, ईश्वरी वाग्ले र हरि लम्साल जस्ता अग्रज र व्यवसायिक पत्रकारहरू नेतृत्वमा हुन्जेलसम्म सदस्यता विवाद कहिल्यै भएन । उहाँहरूको नेतृत्वसम्म क्रियाशील पत्रकारहरूले नै सदस्यता पाएका थिए । त्यस पछाडि विद्रोही, चौलागाई, विडारी र सुवेदी अध्यक्ष हँदा महासंघमा गैरपत्रकारहरूले सदस्यता पाएको र सदस्यता वितरणमा जथाभावी भएको गुनासो सुनिदै आएको छ ।
अब विगतमा जे जस्ता गल्ती र कमजोरी भएतापनि अब सच्चिएर अगाडि बढ्नुको विकल्कप छैन । सदस्यता शुद्धीकरण गरेर वास्तविक र क्रियाशीलहरूलाई सदस्यता दिएर महासंघको विगतको ओज, साख, गरिमा र प्रतिष्ठालाई बचाउनुको अर्को बिकल्प पनि छैन ।
पत्रकारको कस्तो नेतृत्व आवश्यक ?
२०५३ सालमा गोपाल बुढाथोकी काठमाडौं जिल्लाको अध्यक्ष हुँदा श्रमजीवी पत्रकारलाई एकतोला सुनको तक्मा बाँडेको संस्था अहिले घर भाडा समेत नतिरेर बद्नाम भएको छ । अब महासंघमा सक्षम र गतिशील नेतृत्व चयन गरेर काठमाडौं शाखालाई सक्रिय बनाउनु पर्ने आवाज इमान्दार पत्रकारहरुले उठाउँदै आएका छन् । यसरी निर्वाचित हुने नयाँ सक्षम, जुझारू र क्रियाशील नेतृत्वले सर्वप्रथम कार्यालयलाई दैनिक संचालन, कार्यालय सहायकको व्यवस्था गर्नसक्ने ल्याकत राख्ने क्रियाशील नेतृत्वको चयन गर्नुपर्नेछ ।
योसँगै कार्यालयको अभिलेख, खातापातालाई व्यवस्थित र दैनिक उपस्थिति पुस्तिका राख्नुपर्ने सुझाव प्राप्त हुँदै आएका छन् ।सदस्यहरूको नाम, काम गर्ने संस्था, इमेल ठेगाना, सम्पर्क नम्बरलाई व्यवस्थित, कार्यालयमा वाईफाई, खानेपानीको व्यवस्था, शाखाको नयाँ र पुराना सदस्यहरूलाई विभिन्न विषयगत विटमा समाचार लेखन र पेशागत क्षमता अभिवृद्धि तालिम सञ्चालन गनुपर्ने माग हुँदै आएको छ । विभिन्न क्षेत्र र विषयमा अन्तरक्रिया, शाखाको त्रैमासिक मुखपत्र प्रकाशित, जिल्लाभित्रका कार्यालय, स्थानीय तहसँग सम्बन्ध सुधार गरेर सूचना प्रवाहलाई सहजीकरण गर्ने ल्याकत भएकालाई नेतृत्वमा ल्याउनुपर्ने चर्चा चल्दै आएको छ ।
शाखाको कार्यालयको विगत १२–१५ वर्षदेखि भुक्तानी गर्न नसकेको घर भाडा रकम रु. २६ लाख ४२ हजार ८ सय ६१ रूपैयाँ पुगेको छ । सो बक्यौता रकम बुझाउनका लागि पहल गरेर सहजीकरण गर्ने नेतृत्व आगामी निर्वाचनबाट निर्वाचित गर्ने जुझारु पत्रकारको टिम निर्वाचित गर्नुपर्ने माग सदस्यहरुका बिचमा भइरहेको छ । यसका साथै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट बजेट बिनियोजन गर्न लगाएर महासंघको आफ्नै जग्गा र भवन खरिदका लागि पहल गर्नुपर्ने आवश्यकता महसुस भइरहेको छ । त्यसका लागि काठमाडौं शाखामा सक्षम, योग्य, इमानदार, क्रियाशील र पत्रकारिता क्षेत्रलाई नै कर्मक्षेत्र बनाएका अनुभवी नेतृत्व चयन गर्नुपर्ने पत्रकारहरूको माग रहेको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ भदौ २४)

प्रतिकृया दिनुहोस