• मंगलबार-असोज-१-२०८१

ब्वाइफ्रेन्ड सुवेदीलाई अमेरिका पठाएर एस एस पी रेग्मीसँग यसरी चल्दै थियो मञ्जुको च क्कर...!

कसरी बाहिरियो एसएसपी रेग्मी र मञ्जुको अनैतिक भिडियो कल ?


काठमाडौँ, २९ असार । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ , मल्म घर भएका दिपक थापा यतिखेर अमेरिका छन् । परिवारका अनेकाैं सपना बोकेर परदेशी भूमिमा पुगेका थापा यतिखेर अमेरिकामा भएर पनि खुसी हुन त परको कुरा अरुको टर्चरले र आफ्नै श्रीमतीको कारणले मर्नु न बाँच्नु अवस्थामा छन् ।


   

वि.स. २०६८ सालमा पर्वतको मञ्जु क्षेत्रीसँग परिवारको स्वीकृतिमा थापाको बिहे भयो । वि.स २०७० सालमा छोरा जन्मियो । तीन जनाको परिवार हेर्दा सुखी नै देखिन्थ्यो । परिवारको हर सपना पूरा गर्नको लागि दिपकले अमेरिका जाने सुर कसे । वि.स २०७२ साल माघ महिनामा उनी नेपाल छोडेर अमेरिकातिर लागे ।


अमेरिका गएको एक वर्षसम्म थापाको सम्बन्ध श्रीमती मञ्जुसँग राम्रै थियो । उनले श्रीमतीलाई चाहिएको पैसा पनि पठाउँदै आएका थिए ।


  एकवर्षपछि थापाको सम्बन्धमा खट्पट आउँन थाल्यो । आफ्ना श्रीमान दिपकलाई श्रीमतीले चासो दिन छोडिन् । दिपकले पटकपटक फोन गर्दा समेत झर्किने, बोल्न मन छैन भन्ने जस्ता कुराहरू गर्न थालिन् । तर, दिपकले सम्बन्धलाई टिकाउन श्रीमतीले जे भने पनि सहेर बसे । बालखै छोरो छोडेर हिँडेका दिपकलाई छोराको यादले पनि फोन गर्न मन लाग्थ्यो । तर , उनले न छोरालाई बोल्न दिन्थिनन्, न आफू बोल्थिन् । पैसा नपठाएर भनौँ भने पटकपटक गरेर दिपकले  २७ लाख ५० हजार उसको नाममा र  बाँकी वीरेन्द्र रिजालको नाममा ९ हजार डलर गरी ४० लाख भन्दा बढी रकम पठाइसकेका थिए ।

 

बुबासँग समेत बोल्न नदिई बुबाबाट टाढा डेनियल थापाः


मञ्जु क्षेत्रीले अहिलेसम्म  छोरा डेनिएल थापालाई  आफ्नो बुबासँग  दिएकी छैनन् । थापाका अनुसार उनलाई मानसिक दवाबमा पारेर  घर परिवारमा बोल्न दिइएको छैन । उमेरले १० वर्ष पुगेका डेनियललाई एन्जाइटीको औषधि समेत खुवाएर राखिएको स्राेत बताउछ । जुन कुरा यहाँ प्रस्तुत मेडिकल रिपोर्टबाट प्रष्ट हुन्छ ।

 

श्रीमान विदेशिएको एक वर्ष नकट्दै थापाकी श्रीमती मञ्जुकाे  पाखुरामा नाठोको ट्याटु :


जब दिपककी श्रीमती मञ्जुले श्रीमान दिपकको सम्बन्धमा खटपट ल्याइन् तब उनले अर्को केटासँग सम्बन्ध गाँसिसकेकी थिइन् । पर्वतको कुश्मा नगरपालिकाका पर्शुराम सुवेदी नाम गरेका युवासँग  उनको चक्कर चलेको व'नग आएकाे छ ।

 

यो कुराकाे पुष्टि सुवेदीसँगको अनैतिक भिडियोले समेत  गर्छ । भिडियोमा उनले बाबाआमा छोरा समेत लेखेकी छिन् ।

 

साथै मञ्जुले सुवेदीको फोटो राखेर आफ्नो पाखुरामा ट्याटु समेत बनाएकी थिइन् ।  अहिले उक्त ट्याटु मिलाएर बाघको ट्याटु हानेकाे पारिवारिक स्राेत बताउछ ।


 पछि श्रीमान दिपकले पठाएको पैसाले किनेको पर्वतको घडेरी बेचेर प्रेमी सुवेदीलाई अमेरिका पठाइन् । तर, ती युवा मञ्जुका  श्रीमान दिपकसँगै बस्ने भाइको साथीको फुपुको छोरा थिए । त्यसैले सुवेदी  अमेरिकामा दिपक थापाकै घरमा पुगे । त्यो अवस्थासम्म दिपक थापालाई सुवेदी मेरो श्रीमतीको नाठो भन्ने थाहा थिएन । जब दिपकले काम गरेको फोटो एकाएक नेपाल पुग्यो । र, श्रीमती मञ्जुले फेसबुकबाट सार्वजनिक गर्न थालिन् तब दिपकले सुवेदीमाथि शङ्का गरेर केरकार गरे । त्यसपछि उनले मञ्जुसँगको सम्बन्ध स्वीकार गरेर त्यहाँबाट अन्तै कोठा सरे ।

 

त्यसपछि मञ्जुको चक्कर एसएसपी दिपक रेग्मीसँग,  श्रीमानलाई जबर्जस्ती करणी मुद्दामा फसाएर सासुलाई ऋण लिएको  झुट्टा मुद्दाको जालमा पारिन् :


 वि.स.२०७३/०७४ तिर  दिपक रेग्मी बागलुङमा एसपी थिए ।  जब दिपक रेग्मी बागलुङ पुगे तब मञ्जुको सम्बन्ध बाक्लिदै गयो । रेग्मीसँग मञ्जुले दिनहुँ भेट्ने मात्र नभएर अनैतिक क्रियाकलाप समेत गरेको केही दिन अगाडि एसएसपी रेग्मी र ती महिलाबिच भएको भिडियो संवाद सार्वजनिक भएबाट पुष्ट हुन्छ । पछि रेग्मी बढुवा भएर एसएसपी भए ।  तिनै एसएसपी रेग्मीको आडमा मञ्जुले  सासु राजकुमारी थापालाई फसाएर नक्कली साहु खडा गरी ६४ लाख  ऋण लिएको हुँ भन्न लगाएर २०७६ साल श्रावण ५ गते तमसुक गराइएकी थिइन् ।

 

पछि नक्कली साहु बनेर खडा भएका सुमन भुसाल, राम बहादुर गुरुङ, वीरेन्द्र रिजाल र अर्जुन पौडेल लगायतले दिपक थापालाई  आफूहरुले आमालाई  एक रुपैयाँ पनि ऋण नदिएको बताएका थिए । जुन रेकर्ड समेत सुरक्षित छ भने सोही  वडाले समेत ऋण लिएको कुनै अभिलेख नभएको जानकारी दिएको छ । तर,  उक्त  मुद्दा अहिलेसम्म पनि चलिरहेको छ ।

 

कसरी बाहिरियो एसएसपी रेग्मी र मञ्जुको भिडियो कल ?


वि.स २०८० पौष ३ गते कुल पूजाको लागि दिपक थापा नेपाल (घर) आएका थिए । दिपक आएको थाहा पाएपछि मञ्जु पनि घरमा आएकी थिइन् । छोरासँगै आएकी मञ्जुले आफ्नो छोरासँग पनि दिपक थापालाई बोल्न दिइनन् । घरमा पनि अनेक कुरा गर्दै टर्चर दिन थालिन् ।

 

परिवारका सबै मान्छे हुँदाहुँदै पनि झगडा गर्न खोजेपछि दिपक चुपचाप सुते । पछि त्यही रात मञ्जुले  जिल्ला प्रहरी कार्यालय बागलुङ गएर जबर्जस्ती करणीको मुद्दा  दर्ता गरेकी थिइन् । एसएसपी दिपक रेग्मीको आडमा । 

 

दुई बिच भनाभन हुँदा दिपकले श्रीमती मञ्जुको मोबाइल खोसेका थिए । त्यही मोबाइल लिएर अमेरिका पुगेपछि दिपक थापाले मोबाइलमा भएका सुवेदीदेखि मञ्जु र एसएसपीको अनैतिक सम्बन्ध र कर्तुत फेला पारेका थिए । सोही कर्तुतलाई थापाले फेसबुकबाट सार्वजनिक  गरेका थिए ।

 

भिडियो सार्वजनिक भएपछि मुद्दा मिलाइदिने भन्दै भिडियो हटाउन एसएसपी रेग्मीको दवाव


भिडियो सार्वजानिक भएपछि दिपक थापालाई एसएसपी रेग्मीले भिडियो हटाइदिन आग्रह गरेको थिए । जुन कुराकानी साँघुसँग सुरक्षित छ । उनले कुराकानीमा भनेका छन्,' दिपकलाई रिक्वेट्स गर्नु । दिपकजीले यो निकाल्दिनु पर्यो हजुर  । यदि यो अगाडि बढ्यो भने त मेरो जागिर पनि रहँदैन । म पनि सायदै रहन्छु होला । यो अपराध चाहिँ नगरौं दिपकजी । वलिकलाई बोलाएर तपाइँको मुद्दा  टुङ्याउँन पहल गर्छु ।'


दिपक थापाले कारबाहीको लागि प्रहरी प्रधान कार्यालयमा एसएसपी रेग्मीविरूद्ध उजुरी पनि हालेका छन् । स्रोतका अनुसार, एसएसपी रेग्मीलाई पोखरा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

 

प्रतिकृया दिनुहोस