• बिहीबार-असोज-३-२०८१

मट्का लस्सीको आनीबानी ,कुहिएको मासुको बिरयानी

काठमाडौँ,२४ भदौ ।  रुपन्देहीको बुटवलमा रहेको 'हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ले कुहिएको मासुबाट बिरयानी  तयार गर्ने खुलेको छ ।


बुटवल उपमहानगरपालिका६,नेपालगन्ज रोड छेउमा रहेको उक्त पसलले कुहिएको मासुबाट बिरयानी तयार गर्ने मात्र नभई नजिकैको म : म पसलेलाई समेत बिक्री गरेको पाइएको हो ।

 

२०८१ भदौ २२ गते उपमहानगरको टोलीले अनुगमन गर्न जाँदा कुहिएको मासु समेत बरामद गरेको थियो । पसलेले उक्त मासु आफूले प्रयोग नगर्ने तर नजिकैको सहारा मम पसलमा दिने बताएका थिए ।


उपमहानगरको टोलीले उक्त मासु पसलेलाई नै नष्ट गर्न लगाएको छ । साथै पटकपटक यो कार्य दोहोराएमा उपमहानगरले पसल सिल गर्दिने चेतावनी समेत दिएको छ ।


महानगरले उपभोक्तालाई खानेकुरा किन्दा राम्रोसँग पहिचान गरेर मात्र किन्न आग्रह गरेको छ ।

 

 'पसलेले उक्त मासु आफूले प्रयोग नगर्ने तर नजिकैको सहारा म : म पसलमा दिने बताएका थिए ।'

प्रतिकृया दिनुहोस