प्रेमिकालाई खुसी पार्न आमालाई लोहोरोले किच्याएर मा र्ने पापी छोरा
काठमाडौँ,२० कार्तिक । काभ्रेमा एक युवाले आफ्नै आमालाई लोहोरोले हानेर हत्या गरेको पुष्टि भएको छ । रोशी गाउँपालिका ३, भन्ज्याङ्गगाउँस्थित ६९ बर्षिया माईली लामाको उनकै कान्छो छोरा फुर्साङ्ग लामाले प्रेमिकाले मागेको पैसा दिन हत्या गरेको पुष्टि भएको छ ।
(जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का २०८१ कात्तिक १६ गते रोशी गाउँपालिका वडा नं ३ भञ्ज्याङ गाउँमा ६९ वर्षका माइली लामाको ह त्या घट्ना अनुसन्धानपछि प्राप्त विवरण मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै । तस्बिर : पेमा लामा/रासस)
खबर अनुसार, लामा लोहोरोले हानेर ह त्या गरी आमाको कानमा लगाएको साढे २ तोला सुन सहित नगद १४ हजार लुटेर काठमाडौँ भागेका थिए । काठमाडौँ पुगेर उनी आफैले आमाको हत्या कसले गर्यो ? अपराधी पत्ता लगाइदिन पर्यो भन्दै प्रहरीलाई खबर गरेका थिए । पछि प्रहरीले उनलाई नै शङ्का गरेर पक्राउ गरी अनुसन्धान गर्दा खबर गर्ने छाेराले नै हत्या गरेको पुष्टि भएको स्राेत बताउछ । उनले दुईपटक लोहोरोले हान्दा समेत आमा नमरेपछि ढोकामा लगाउने आग्लो लिएर टाउकोमा बजारेर हत्या गरेको बयान दिएका छन् ।
प्रहरीले लिएको प्रारम्भिक बयानका क्रममा उनले हत्या स्वीकार्दै भनेका छन्,' प्रेमिकाले पैसा मागेको माग्यै गरे पछि २०८१ कार्तिक १२ गते गाउँ आएर पैसाको जोहो गर्ने प्रयत्न गरें तर केही सीप नलागे पछि आमाको हत्या गरेको हुँ ।' लामाले घरमा कोही नभएको मौका छोपी कार्तिक १६ गते दिउँसो आमाको हत्या गरेकाे बताइएकाे छ ।
प्रहरीले तालिम प्राप्त कुकुरमार्फत गरेको अनुसन्धान तथा प्राप्त प्रमाणका आधारमा माईलीकै छोरा फुर्साङ्गले आमालाई लोहोरो र आग्लोले हानेर हत्या गरेको पुष्टि भएको छ । लामा २०८१ कार्तिक १६ गते दिउँसो ४ बजेर १५ मिनेटको समयमा हत्या गरी फरार भएका थिए ।
कसरी थाहा भयो माइलीको हत्या ?
स्थानीयले घरभित्र विभत्स हत्या भएको देखेपछि उनै छोरा फुर्साङलाई खबर गरेका थिए । २८ वर्षीय फुर्साङ्ग लामा आफैले साथीभाई तथा प्रहरीलाई खवर गरेका थिए । तर पछि सुन र पैसाका लागि आमाको हत्या गरेको खुलासा भएकाे थियाे ।
स्राेतका अनुसार हत्या पछि उनले आमाको कानमा लगाएको मुद्रा लुटेका थिए भने ५९ हजार नगद समेत लुटेर भागेका थिए । प्रहरीले उनको साथबाट नगद १४ हजार, औंठीको विल र सुन लुकाएको स्थानबाट कानमा भएका मुद्रा बरामद गरेको छ ।
कसरी बनाए लामाले ह त्याको योजना ?
काठमाडौं बस्दै आएका फुर्साङ्ग कार्तिक १२ गते घर पुगेका थिए । उनका दुई जना दाइ छन् । एकजना दाइ काठमाडौंमा बस्छन् भने अर्काे दाइ गाउँमा बस्छन् । बुबा साईलाकाजी र आमा माईली लामा अलग्गै बस्दै आएका थिए । हत्या भएको दिन उनका बाबु साईलाकाजी लामा विपदको राहतका लागि सिफारिस लिन वडा कार्यालय गएका थिए । त्यही बेला उनले आमालाई लुटेर हत्या गर्ने योजना बनाएका थिए ।
के उनी अविवाहित हुन् ?
हत्याका आराेपी अविवाहित भने होइनन् । फुर्साङ्गको विवाह भएको ७ दिनमा नै श्रीमती अर्काेसँग विवाह गरेर गएकी थिईन् । त्यसपछि उनले विवाह नगरेको बताइन्छ । तर उनले युवतीहरुसँग विभिन्न खालका सम्वन्धहरु राख्दै, युवतीहरुलाई पैसा दिंदै र लिंदै समेत गर्दै आएको खुलेको छ । पछिल्लो समय उनको नजिक भनिएकी प्रेमिकालाई पैसा आवश्यक हुँदा दिन नसके पछि उनी गाउँमा पुगेर आमाको हत्या गर्ने योजनासम्म पुगेको खुलासा भएको छ ।

प्रतिकृया दिनुहोस