• सोमबार-मङ्सिर-१०-२०८१

बाढीले ध्वंस बनाएपछि अन्धकार बनेको पनौतीमा पीडितकाे आँ सु पुछ्ने काेही भएन

श्रीमती यी हुन् पीडित शान्ति जाे घाइते भएर अस्पतालमा उपचारत छिन्

काठमाडौँ,१८ असोज । राजधानीबाट नजिक पर्ने काभ्रेको पनौती यतिबेला बाढीपहिरोले उजाडिएको छ ।

 

पहिरोले क्षतविक्षत बनाएको पनौती गाउँ बत्ती मुनिको अँध्यारो त छ नै शरीर लुकाउने आवास बाढीले बगाएपछि स्थानीयको मननै विक्षिप्त भएको छ ।

 

यतिबेला पनौती नगरपालिका वडा नं १ साविकको रयाले गाविस आँसुमा डुबेको छ । पीडाले छट्पटिएका स्थानीयलाई तिर्खा लाग्दा, जीवन बचाउने  पिउने पानी समेत छैन ।


आफन्त गुमाएकाहरुको आँसु रोकिएको छैन । सार्वजनिक सडक सञ्जालहरु बन्द छन् । सञ्चार त परको कुरा भएकाे छ ।

 

गुहार माग्न कुनै टेलिफाेन, सञ्चार समेत छैन । कसलाई कहाँ कसरी हारगुहार गरुँ ? जनप्रतिनिधि भनिने स्थानीय र केन्द्रीय नेताहरु जनतालाई दु:ख पर्दा कता र कहाँ व्यस्त छन थाहा छैन । उनको ट्राउट फार्म नजिकैबाट पहिरो गएको छ । खोलाले बाटोको नक्सै हराई दिएको छ ।

 

  पनौती १ भञ्ज्याङ्गका रामप्रसाद सापकोटाको पीडा झनै कहालीलाग्दो छ । पहिरोले २ छोरी गुमाए, श्रीमती शान्ति सापकोटा घाइते भएर अस्पतालमा उपचारत छिन् ।  खोलाले माइली सापकोटा र उनका एकदर्जन पशु बगाए, पुरिए । कहीँ निस्केर जाने बाटो छैन । उर्लिएको निउरेखोला  बस्तीमा छिरेर क्षणभरमै बस्ती ध्वंस पारेर अस्तव्यस्त बनायो ।

 

त्यस्तै महालक्ष्मीका नेत्र तामाङ्गका  एक दर्जन भैंसी र दुई दर्जन जति पाडापाडी पहिरोमा पुरिए कि बाढीले बगायो पत्तै पाउन सकिएन । महामारी फैलिने डर पनि उनलाई उत्तिक्कै छ । ती चौपायाको उचित उद्धार नभएकोले कुहिएर दुर्गन्ध फैलिन थालेको छ।

 

गुहार माग्न कुनै टेलिफाेन, सञ्चार समेत छैन । कसलाई कहाँ कसरी हारगुहार गरुँ ? जनप्रतिनिधि भनिने स्थानीय र केन्द्रीय नेताहरु जनतालाई दु:ख पर्दा कता र कहाँ व्यस्त छन थाहा छैन । उनको ट्राउट फार्म नजिकैबाट पहिरो गएको छ । खोलाले बाटोको नक्सै हराई दिएको छ ।

 

कुच्चिएका गाग्री, टेवुल कुर्सीका खुट्टा बगरतिर यत्रतत्र छन्  सबैका बारीमा पहिरा छन् । खेतको धानबाली डुबेको छ । धेरैका घर आँगन चर्किएका छन् ।

 

राजधानी नजिकको एउटा सुन्दर गाउँ चाडपर्वको मुखमा खण्डहरुमा परिणत भएको छ । भूकम्पको थिलथिलोबाट त्राण नपाउँदै बाढीपहिरोले गरेको सर्वनासले सर्वसाधारण जनताको जनजीवन अत्यन्तै कष्टकर भएको छ ।

 

 यस विषम परिस्थितिमा जनताका प्रतिनिधिहरुले स्थलगत निरीक्षण गरी तत्काल गर्नुपर्ने उद्धार र राहत पहिचान गरुन् ।  विस्थापितहरुलाई यथोचित पुनर्स्थापित कार्यमा पहल गरिदिउन पीडितले  आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस