चितवनमा ३६ घण्टे यू-टेक ह्याकाथन बीटा आयोजना हुँदै, प्रविधि उत्साहीहरूका लागि उत्कृष्ट अवसर
काठमाडौँ, १० मङ्सिर । चितवनको भरतपुरस्थित युनाइटेड टेक्निकल कलेजले ३६ घण्टे यू-टेक ह्याकाथन बीटा आयोजना गर्ने भएको छ ।
२०८१ मंसिर १९ गते देखि २१ ( डिसेम्बर ४-६ ) सम्म हुने राष्ट्रिय स्तरको यस ह्याकाथनले नेपालभरीका प्रविधिमा रुचि राख्ने विद्यार्थी, नयाँ प्रोग्रामर तथा अनुभवी पेशाकर्मीहरूलाई एकै मञ्चमा ल्याएर उनीहरूको सिर्जनात्मक समाधानहरू प्रस्तुत गर्न र व्यावहारिक परियोजनाहरूमा सहकार्य गर्न पाउने छन् ।
उक्त कार्यक्रममा प्रतिस्पर्धात्मक परियोजनाहरू विकास गर्न र सहभागी टोलीहरूले रु. ६०,००० नगद पुरस्कार जित्न अवसर दिने बताइन्छ । साथै कुपन कोडहरू, भौचरहरू, तथा मर्चेन्डाइज पुरस्कारहरूमा पनि समावेश गरिएको छ । ह्याकाथनको निर्णायक मूल्याङ्कन डिसेम्बर ६ (मंसिर २१, २०८१) मा हुनेछ । जहाँ टोलीहरूले डिजिटल स्वास्थ्य, स्मार्ट एप्लिकेसन, वा अन्य नवीन क्षेत्रहरूमा आधारित परियोजनाहरू प्रस्तुत गर्नेछन् ।
सहभागीहरूले ह्याकाथन अवधिमा भोजन, आवास, तथा अन्य आवश्यक सुविधा उपलब्ध गराइने र सहभागिता शुल्क रु. ३५०० तोकिएको छ। इच्छुक विद्यार्थीहरूले मंसिर ८ (नोभेम्बर २४, २०२४) सम्म दर्ता गर्न सक्नेछन् ।
आयोजना युनाइटेड टेक्निकल कलेजको प्रतिष्ठित विद्यार्थी संस्था युनाइटेड टेक क्लबले आयोजनामा हुने यस कार्यक्रमले सन् २०२१ देखि नेपालभरका प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूलाई शिक्षण, तालिम, तथा ह्याकाथनहरूको माध्यमबाट सशक्तिकरण गर्दै आएको छ ।
यू-टेक ह्याकाथन बीटाले नेपालको युवा प्रतिभाहरूलाई प्रविधिको क्षेत्रमा नवीन विचारहरू प्रस्तुत गर्न उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य समेत लिएको छ । यस प्रतिस्पर्धात्मक यात्रामा सामेल भई आफ्नो भविष्यलाई उज्यालो बनाउने अवसर सबै प्रविधि उत्साहीहरूका लागि खुला रहेको बताइन्छ ।
नयाँ पुस्तालाई प्रेरणा दिन र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सबैलाई निमन्त्रणा गरिएको छ । साथै ह्याकाथनको बारेमा थप जानकारी र दर्ता प्रक्रियाका लागि क्लबको फेसबुक पेज United Tech Club मा समेत गएर बुझ्न सकिने बताइएको छ ।

प्रतिकृया दिनुहोस