धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख भन्दा बढी
काठमाडौं, १० मंसिर । सशुल्क सञ्चालनमा आए पछि धरहराले पहिलो दिन १ लाख २० हजार भन्दा बढी रूपैयाँ संकलन गरेका छ ।
धरहरा ब्यवस्थापन समितिका अनुसार धरहरा चढ्न शुल्क लगाएको पहिलो दिन १ लाख २० हजार ६५० रूपैयाँ राजश्व संकलन भएको हो । यस अघि निःशुल्क चढने ब्यवस्था गरे पनि आइतबारबाट शुल्क लगाउन सुरू गरिएको थियो । जसअनुसार आइतबार पहिलो दिन ६६३ जना चढेका थिए ।
धरहरा चढ्नका लागि प्रत्येक नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेक पर्यटकलाई १ हजार शुल्क लगाउन सुरू गरिएको छ । साथै, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउँछन् ।
धरहरा गत असाेज ३ काे संविधान दिवसकाे दिनबाट सर्वसाधारणका लागि खुल्ला गरिएकाे थियाे । गत शनिबारसम्म धरहरा चढन पैसा नलागे पनि हिजाेवाट भने पैसा तिरेर मात्रै धरहरा चढने नियम बनाइएकाे हाे ।

प्रतिकृया दिनुहोस