अमेरिकाले फिर्ता गर्यो भारतका १४०० कलाकृति, मूल्य १० मिलियन डलर भन्दा बढी
न्युयोर्क । अमेरिकाले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरूबाट चोरी भएको कला फिर्ता गर्ने सिलसिला जारी रहेको छ । जसअनुसार सो पहलको एक भागको रूपमा १० मिलियन डलर मूल्यको १४०० भन्दा बढी लुटिएका कलाकृतिहरू भारतलाई फिर्ता गरेको छ ।
म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार गत बुधवार भारत लगायत दक्षिण एसियावाट चोरेर अमेरिका लगिएका ती कलाकृति फिर्ता गर्न निर्देशन दिइएको हो । कार्यालयका अनुसार यसरी बरामद गरिएका तस्करी सामानहरूमा हालसम्म न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा हेरिएका वस्तुहरू समावेश छन् । ती मध्ये एक आकाशीय नर्तकको बलौटे ढुङ्गाको मूर्ति हो, जुन मध्य भारतबाट लन्डनमा तस्करी गरिएको थियो ।
‘यसरी भारत फिर्ता हुने क्रम जारी रहनेछ, यो लुट्ने नेटवर्क धेरै चलिरहेको अनुसन्धानमा देखिएको छ, जसमा दोषी ठहरिएका कला तस्करहरू नैन्सी वाइनर र सुभाष कपूर रहेका छन्’ बिज्ञप्तिमा भनिएको छ । सो कार्यका लागि एक अमेरिकी पुरातात्विक वस्तु व्यापारी पनि संलग्न रहेका छन ।
जसलाई न्यूयोर्कमा करोडौं डलर मुल्य बराबरको पुरतात्विक सामग्री लुट्ने नेटवर्क चलाएको भन्दै १० वर्षको जेल सजाय सुनाइएको म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिकृया दिनुहोस