• सोमबार-मङ्सिर-१०-२०८१

अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी

 

बेइजिङ, १० मंसिर । एक चिनियाँ क्यामेरा कम्पनीले आफ्ना कर्मचारीहरूलाई डेट गर्न प्रोत्साहित गरेको छ र त्यसो गरेमा उनीहरूलाई नगद पुरस्कार दिने बताएको छ । यो विषय सामाजिक सञ्जालमा भाइरल भएको छ ।


शेन्जेन राज्यमा रहेको इन्स्टा ३६० नामक क्यामेरा कम्पनीले आफ्ना कर्मचारीहरूलाई अनलाइन डेटिङ प्लेटफर्ममा गरिएको प्रत्येक वैध पोस्टको लागि ७७ येन अर्थात लगभग १२०० रुपैयाँ पुरस्कार दिने बताएको छ ।

 

यदि कुनै कर्मचारीले डेटिङ प्लेटफर्ममार्फत सफलतापूर्वक कसैसँग मेल भएमा र कम्तिमा तीन महिनासम्म सम्बन्ध कायम राख्यो भने कम्पनीले जोडी र र म्याचमेकर दुवैलाई १ हजार येन प्रदान गर्ने बताएको छ ।

 

साउथ चाइना मर्निङ पोस्टका अनुसार सो कम्पनीका प्रवक्ताले कम्पनीले यस कदमको माध्यमबाट कर्मचारीहरूको आफ्नोपन र खुसीको भावनालाई बढावा दिने लक्ष्य राखेको छ ।

 

सो कम्पनीले अभियान सुरु गरेदेखि लगभग ५०० पोष्टहरू साझेदारी गरिएको छ र कर्मचारीहरूलाई उनीहरूको मिलानको लागि लगभग १० हजार येन दिइ सकिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सो कम्पनीको नीति थाहा पाए पछि आफूहरूलाई पनि आफ्नो कम्पनीले सो सुबिधा दिनु पर्ने जनाइरहेका छन् ।
 

प्रतिकृया दिनुहोस