• शनिबार-असोज-५-२०८१

आफ्नो विषयमा प्रकाशित समाचारमा कुनै सत्यता नभएको मञ्जु क्षेत्रीको दाबी 

 

काठमाडौँ,१ साउन ।  पर्वतकी मञ्जु क्षेत्रीले आफ्नो विषयमा प्रकाशित समाचारमा कुनै सत्यता नभएको दाबी गरेकी छन् ।

 

गत असार २९ गते साँघु अनलाइनमा प्रकाशित ‘ब्वाइफ्रेण्ड सुवेदीलाई अमेरिका पठाएर एसएसपी रेग्मीसँग यसरी चल्दै थियो मञ्जुको चक्कर !’ शीर्षकको समाचारमा उनले आपत्ति जनाएकी हुन् । 

 

समाचारमा उनको र एसएसपी दिपक रेग्मीको अनैतिक सम्बन्धबारे उल्लेख छ । उनले त्यसको खण्डन गरेकी छिन् । समाचारमा गलत प्रचार गरिएको उनको दाबी छ । उनले साँघुलाई पठाएको खण्डनमा लेखिएको छ,‘हाल मेरो केस सम्मानित बाग्लुङ अदालतमा विचाराधीन रहेका कारण म धेरै बोल्न नमिल्ने अवस्थामा छु । म सम्पूर्ण जवाफ र स्पष्टीकरण दिने नै छु ।’

 

उनले आफ्नो श्रीमान् दीपक थापा नेपालमा अपराध गरेर भागेको व्यक्ति भएको बताएकी छिन् । आफूमाथि लगाइएको आरोप सबै झुटो भएको उनको जिकिर छ । हुँदै नभएको कुरामा प्रहरीलाई पनि बद्नाम गराउन खोजेको उनी बताउँछिन् ।
 

 

प्रतिकृया दिनुहोस