• शनिबार-श्रावण-१२-२०८१

त्रिवि सिध्याउन कुलपति नै अघि सरे ! 

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एमाले र माओवादीले खाँटी कार्यकर्ता भर्ति गर्न खोजेपछि समस्या हुन थालेको छ । पढाउने कामभन्दा दलको काममा व्यस्त हुने प्राध्यापकहरु नै अहिले रेक्टर र रजिष्टारको दौडमा लागेर उपकुलपति केशरजंग  बरालले सिफारिश  गरेका नाम रोक्न सफल भएका छन् । प्रधानमन्त्री कार्यालय र एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर ती कार्यकर्ताले आफ्नो पक्षमा लविङ  बढाइरहेको खबर छ  । त्यही लविङका  कारण बरालले सिफारिश गरेका दुईजना प्राध्यापकको नाम अलमलमा परेको स्रोत बताउछ ।


 बालुवाटारमा पुगेर  ती नाम थन्किएका छन् । प्रधानमन्त्री तथा त्रिविका कुलपति प्रचण्डले उपकुपति बराललाई स्वतन्त्रपूर्वक काम गर्न नदिने मनसाय राखेकै  कारण रेक्टर र रजिष्टारको नियुक्तिमा झमेला निकालेको अनुमान प्राध्यापकहरुले गरेका छन् । एमाले अध्यक्ष केपी ओली आफ्नो पार्टीका कोटाबाट भनेर पूर्व रजिष्टार डिल्लीप्रसाद उप्रेतीलाई दोहो¥याउन खोजेका छन् । आफ्नै गाडीमा राखेर  उप्रेतीलाई प्रधानमन्त्री निवास लगेर ओलीले नियुक्तिका लागि दबाब दिएको चर्चा पनि त्रिविमा भइरहेको छ । उप्रेतीलाई ओलीले ल्याउन खोजिरहेका बेलामा एमालेकै प्राध्यापक संगठनका अध्यक्ष वेदनिधि केसी चाहिँ विद्यार्थी र प्राध्यापक उचालेर उपकुलपतिलाई दबाब दिइरहेको खबर छ । उनीहरुको दबाबका कारण एमालेका नेता कार्यकर्ता अहिले उपकुपतिले सिफारिश गरेका नाम रोक्न लागिपरेका छन् । कांग्रेसका जगत तिमिल्सिना पनि नियुक्तको दौडमा लागेका छन् । 


  कांग्रेसको प्राध्यापक संगठनको अध्यक्ष तिमल्सिना आफै रजिष्टार हुन लागेका कारण अर्को समस्या थपिएको छ । यता, माओवादीका विष्णु खनाल पनि सञ्चारमन्त्री रेखा शर्माको लाइनबाट माओवादीभित्र  चलखेल गरिरहेको प्राध्यापकहरु चर्चा गर्दैछन् । उनीहरु नियुक्तिका लागि दौडमा लागेकै कारण रेक्टरमा सिफारिश भएका खड्ग केसी रजिष्टारमा सिफारिश भएका केदार रिजालको नाम प्रचण्डले बालुुवाटरमा थन्काएको आरोप छ । 


उपकुपतिले रेक्टरमा सिफारिश गरेका केसी एमाले हुन् भने रजिष्टार रिजाल कांग्रेस निकट हुन् । उपकुलपतिले कांग्रेस र एमालेलाई भाग दिएर नै सिफारिश गर्दा पनि एमाले र कांग्रेसका नेताहरु संगठनकै नेतालाई लगेर विश्वविद्यालय सिध्याउने खेलमा लागेको पनि त्रिविमा चर्चा हुन थालेको छ । संगठनको नेता बनेर विश्वविद्यालय सिध्याउन लागेका उनीहरु अब त्रिविको पदाधिकारी भएर सिध्याउने खेलमा लागेका पनि टिप्पणी हुन थालेको हो । त्यसलाई ओली र प्रचण्डले  साथ  दिएको भन्दै कतिपय नेताहरुले पनि असन्तुष्टि जनाउन थालेका छन् । (साँघु साप्ताहिक, २०८० चैत २६)
 

प्रतिकृया दिनुहोस