• शुक्रबार-चैत-१६-२०८०

लौकाको पत्ता खानुको फाइदा

 

लौकाको पातमा फाइबर, कार्बाेहाइड्रेट्स तथा क्याल्सियमको राम्रो मात्रा हुने गर्दछ, जसले शरीरमा पोषकतत्वको कमीले हुने रोगहरुबाट बचाउने गर्दछ । जानौं लौकाको साग खानुका केही फाइदाहरु :

 
मुटुका लागि फाइदा : मुटुसँग जोडिएका विभिन्न समस्याहरुबाट बच्न लौकाको साग सेवन गर्नुु निकै फाइदाजनक हुन्छ । लौकाको पातको जुसको नियमित सेवनले उच्च रक्तचापको समस्या नियन्त्रण गरी हृदय रोगसँग सम्बन्धित समस्याबाट बच्न मद्दत गर्दछ । 

 

मधुमेहका लागि फाइदाजनक : मधुमेहका विरामीका लागि लौकाको पात निकै लाभकारी हुन्छ । यसको नियमित सेवनले सुगर नियन्त्रित गर्न सकिन्छ । लौकाको जुसजस्तै लौकाको पातको जुस पनि पिउन सकिन्छ । 

 

हड्डीका लागि फाइदाजनक : लौकाको पातहरुमा प्रशस्त मात्रामा क्याल्सियम हुने गर्दछ, जसले शरीरका हाडहरु बलियो बनाउन मद्दत गर्दछ । साथसाथै, मांसपेशी पनि विकास गर्न मद्दत गर्दछ । 

 

प्रतिरक्षा प्रणाली बलियो बनाउँछ : लौकाको पातमा एन्टीअक्सिडेन्ट गुण हुने गर्दछ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्दछ । प्रतिरक्षा प्रणाली विकास गर्ने हो भने लौकाको साग नियमित सेवन गर्न सकिन्छ । 


 मोटोपनबाट छुटकारा पाउन : मोटोपनबाट छुटकारा पाउनका लागि लौकाको साग निकै फलदायी हुन्छ । यसमा हुने फाइबरले पेट भरिराख्ने र भोक कम गर्दै शरीरमा मोटोपन हुन नदिने काम गर्दछ ।  (एजेन्सी)

प्रतिकृया दिनुहोस