🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्णालीका ४ सांसदलाई पुनर्बाहली गर्न सर्वोच्चको अन्तरिम आदेश 

कर्णाली प्रदेशमा ह्विप उल्लंघन गरेर फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेले बर्खास्त गरेकोमा सर्वोच्च अदालतले पुनर्वाहली गरेको छ । 

सर्वोच्च अदालतले बिहीबार प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिने एमाले निर्णयविरुद्ध यी चार सांसद उभिएका थिए । त्यसपछि एमाले केन्द्रीय कमिटीले चारै जना सांसदलाई पदबाट मुक्त गर्ने निर्णय गरेको थियो । एमाले केन्द्रको यस्तो निर्णयपछि कर्णाली प्रदेशसभाले उनीहरूलाई पदमुक्त गरेपछि त्यसविरुद्ध उनीहरू सर्वोच्च गएका थिए ।