🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोना संक्रमित बढेको बढ्यै, १०९ पुगे, सरकार परीक्षणमै कन्जुस्याइँ गर्दै  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार थप सात जनामा कोरोना भाइरस पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो । 

उनीहरु उदयपुर, कपिलवस्तु र पर्साका हुन् । उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । 

उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले विज्ञप्ति जारी गरी जनाएको छ । 

सरकारले भने पछिल्लो समय पीसीआर परीक्षणमै कन्जुस्याइँ गर्दै गएको छ । 
अहिलेसम्म पीसीआर परीक्षण मात्र १५ हजार ४९९ वटा मात्रै भएको छ । त्यस्तै आरडीटी ५४ हजार ५३१ वटा मात्रै भएको छ । आरडीटी विश्वासिलो नभएको भन्दै पीसीआर गर्न आग्रह समेत गरिएको छ । 

१५ हजार ६२४ जना क्वारेन्टाइनमा बसेका छन् भने १३५ जना आइसोलेसनमा बसेका छन् । 

३० जनालाई निको भएको भनिए पनि तीमध्ये ३ जनामा फेरि संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका छन् ।