• बिहीबार-बैशाख-१३-२०८१

प्रहरी  असईलाई   घूस लिएको अभियोगमा मुद्दा


काठमाडौँ, २७  असार (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


 
    वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको र त्यसलाई मिलाइदिने भन्दै कटुवालले विभिन्न बहाना बनाई एक सेवाग्राहीसँग रु सात हजार घूस लिएको आयोगले आरोप लगाएको छ ।

आरोपी प्रहरी सहायक निरीक्षक कटुवालविरुद्ध बिगो असुल गर्ने माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए  ।

प्रतिकृया दिनुहोस