काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकताको विषय रञ्जिता श्रेष्ठ चौधरीका कारण फसेको छ । एकता गर्ने भनेर जनमत पार्टीका सीके राउत र नागरिक उन्मुुक्तिका संरक्षक रेशम चौधरीले सहमति जुुटाएका थिए । पदीय भागबण्डा पनि मिलाइसकेका थिए । दुवै पार्टीका केन्द्रीय समितिले वार्ता टोली गठन गरेर सांगठनिक संरचनाको आकार प्रकार पनि टुंगो लगाइसकेका थिए । तर, अहिले फेरि परिस्थिति कमजोर बनेको छ र एकता प्रक्रिया रोकिएको छ । स्रोतका अनुसार, रञ्जिताका कारण उक्त प्रक्रिया अगाडि बढेको छैन् ।
सुरुदेखि नै रञ्जिता एकताको पक्षमा थिइनन् । रेशम चौधरीको जोडबलमा एकताका लागि एक वर्षदेखि प्रयास भइरहेको छ । चौधरी चाहिँ जनमत वा लोसपा जोसँग भए पनि एकता गर्ने पक्षमा थिए । एकबर्षअघि लोसपासँग पनि एकताको विषयमा छलफल भएको थियो । र, राजेन्द्र महतोसँग पनि सहकार्य गर्नेगरी चौधरीले प्रयास गरेका थिए । तर, अहिले यो स्थिति भने रञ्जिताका कारण रोकिएको छ । रञ्जिताले एकता रोक्नका लागि सीकेकै हैसियतको अध्यक्ष खोजेपछि एकता भाँडिएको छ ।
सहमति अनुसार अध्यक्ष सीके हुने र सहअध्यक्षमा रञ्जिता हुने भन्ने थियो । पार्टीको संगठन पनि चितवन पूर्व सीके राउत र चितवन पश्चिम चौधरीले हेर्नेगरी सहमति जुटाएका थिए । तर, रञ्जिताले बीचमा चलखेल गरेपछि एकता प्रक्रिया रोकिएको स्रोत बताउछ । त्यसो त, कतिपय चौधरी नेताहरु चाहिं राउतसँग मिल्न नहुने पक्षमा रहेका छन् । थारु र मधेशी नेताहरुवीच लामो समयदेखि मन मिल्दैन् । त्यसैले, अहिले एकता प्रक्रिया पनि भाँडिएको बताइन्छ ।
त्यसो त, केन्द्रीय कमिटी कस्तो बनाउने भन्ने पनि सहमति भइसकेको छैन् । नेताहरुको जिम्मेवारी मिलाउनेगरी चर्चा भएपनि नागरिक उन्मुक्ति पार्टीमा ५ सयभन्दा धेरै केन्द्रीय सदस्य रहेका छन् । एकता भएमा संसदमा १० सीटको पार्टी बन्छ । एकीकृत समाजवादीभन्दा ठूलो पार्टी बन्ने संभावना हुन्छ । प्रदेश सरकारसमेत हुने भएकोले एसभन्दा ठूलो पार्टी भएर नयाँ पार्टीले सत्ता बार्गेनिङमा पनि सजिलो हुने उनीहरुको बुुझाई रहेको थियो । (साँघु साप्ताहिक, २०८२ वैशाख ८)
प्रतिकृया दिनुहोस