• शुक्रबार-चैत-१-२०८१

राम्रो देखिन प्रहरीलाई मेकअप क्लास

 

प्रहरीलाई सुरक्षा र बहादुरीको दृष्टिकोणले हेरिन्छ, तालिम दिइन्छ र त्यहीअनुरुप तयार पनि गरिएको हुन्छ । तर, जापानको प्रहरी प्रतिष्ठानले राम्रो देखिन र बन्नका लागि प्रहरी कर्मचारीलाई मेकअप सिक्ने अवसर उपलब्ध गराउने भएको छ । हो, जापानमा प्रहरी अधिकारीहरुलाई ब्युटी क्लासको अवसर उपलब्ध गराइएको छ ताकि ड्युटी गर्दा राम्रो देखिउन् । जापानको फुकुसिमामा फुकुसिमाकेन केसातसुगाक्को पुलिस एकेडेमीले मेकअप कोर्स आयोजना गरेको छ ।

 

यस कोर्समा ६० क्याडेट्सले सहभागिता जनाएका थिए । पुरुष तथा महिला दुबै प्रहरीकर्मीहरु सहभागी यस सिकाई कार्यक्रममा छालाको हेरचाह कसरी गर्ने, कसरी सुन्दर रहने भन्नेजस्ता कुराहरु सिकाइएको थियो । त्यसैगरी, यसमा छालालाई कसरी हाइड्रेट राख्ने, प्राइमर कसरी लगाइने, आइब्रो कसरी बनाउने, कपाल कसरी बनाउने भन्ने जस्ता कुराहरु पनि सिकाइएको छ । 
 

प्रतिकृया दिनुहोस