🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्तव्य ज्यानमुद्दाका दोषी उम्काएको भन्दै रौतहटका न्यायाधीश केसीविरूद्ध एक सातादेखि लगातार प्रदर्शन

रौतहट – जिल्ला अदालत रौतहटका न्यायाधीश मनोज केसीविरूद्ध एक परिवारले ६ दिनदेखि लगातार धर्ना तथा प्रदर्शन जारी राखेका छन्। हत्या आरोपितलाई आर्थिक चलखेलको आधारमा सफाइ दिएको भन्दै पीडित परिवारले माघ २१ गतेदेखि न्यायाधीश केसीविरुद्ध जिल्ला अदालत रौतहटअगाडि प्रदर्शन गरिरहेका छन्।पीडित परिवारले आइतबार पनि प्रदर्शन जारी राखे। पीडित परिवारले रौतहट जिल्ला अदालत घेराउ गर्दै न्यायाधीश केसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।पसलमा उधारो सामान नदिएको रिसइबीको कारण २०७६ असार ४ गते राति १० बजे विनोद गुप्तालाई गाउँकै एक समूहले कुटपिट गरेको थियो।

टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा ६ दिनपछि असार १० गते मृत्यु भएको थियो।मृत्युलगत्तै उनका भाइ राजन गुप्ता र श्रीमती अनिता देवीले दिएको जाहेरीको आधारमा १३ वर्षीय नाबालकसहित विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंहमाथि तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटले कर्तव्य ज्यान अगाडि बढाएको थियो।नाबालक तथा रामकिशोर सिंह र रामविनोद सिंह एक वर्षअघि प्रहरीले पक्राउ गरी कारबाहीको लागि जिल्ला अदालत रौतहटमा मुद्दा पेश गरेको थियो।उनीहरूमध्ये नाबालक १३ वर्षीयलाई तत्काल सुधारगृह वीरगन्ज र पछि अभिभावकको जिम्मा लगाएको थियो।अन्य, दुवै जना रामकिशोर सिंह र रामविनोद सिंह, लाई तत्काल जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो।

धरौटीमा छुटेर तारेखमा रहेका अभियुक्त दुवै जना रामकिशोर सिंह र रामाबिनोद सिंहलाई गत २० गते आइतबार जिल्ला अदालतमा रौतहटमा पेस गर्दा न्यायाधीश केसीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइको फैसला सुनाएको थियो।नाबालक आरोपितको आइतबार पेशी बयानको बहस चलिरहँदा पीडित परिवारले माइक लिएर रौतहट अदालतको मुल गेटमा न्यायाधीश, अदालतका कर्मचारीसँगै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए।‘हाम्रो सिङ्गो परिवार सरुअठा गाउँमा सुरक्षित छैनौं, किनभने पैसाको बलमा अपराधीलाई उम्काउने काम न्यायालयबाट भएको छ, प्रहरीले पनी धर्ना दिएको दिनदेखि दु:ख दिइरहेको छ,’ मृतकका भाइ राजन गुप्ताले भने।जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले उक्त मुद्दामा दुई जना सफाइ पाएको र नाबालकलाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजायको फैसला भएको बताएका छन्।

मृतक रामविनोद गुप्ताकी श्रीमती अनिता देवीले उक्त फैसला आर्थिक चलखेलको आधारमा भएको आरोप लगाउँदै आरोपितहरूलाई अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा नल्याएसम्म आन्दोलन जारी रहने बताइन्।