• मंगलबार-माघ-२९-२०८१

भन्सार छलीका सामानसहित रौतहटमा चार जना पक्राउ

 

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरीको गस्ती टोलीले विभिन्न स्थानबाट भन्सार छलीका सामानसहित चार जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा राजदेवी नगरपालिका-२ का २२ वर्षीय धनदीप बैठा, १८ वर्षीय शेख अफरोज, मौलापुर नगरपालिका-६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नगरपालिका-६ का २० वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले राखेको चेकप्वाइन्टबाट १ लाख ३३ हजार ५८५ रुपैया बराबरको भन्सार छलेर ल्याएका स्पेयर पार्टस्, किराना सामानहरूसहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

बरामद सामानसहित बिआर०५इ ४४०२ नम्वरको मोटरसाइकलमा सवार चारैजनालाई आइतबार आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिकृया दिनुहोस