• मंगलबार-माघ-२९-२०८१

सर्लाहीको रामनगरमा आगलागी, कच्ची घरभित्रको धनमाल नष्ट


सर्लाही । सर्लाहीको रामनगर स्थित एक कच्ची घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । रामनगर गाउँपालिका वडा नम्वर ३ स्थित दलित बस्तीका अनुप महराको कच्ची घरमा आगलागी भएको हो ।


गाउँपालिकाको राम टोलमा माघ २८ गते सोमबार राति एकजना दलित समुदायको घरमा आगलागी हुँदा करिव पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका छन् । माघ २८ गते सोमबार साँझ ७ः२०  बजेको समयमा विद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्राप्त भएका प्रेस नोटमा उल्लेख छ ।


आगलागी भएको खवर प्राप्त हुनासाथ प्रहरी चौकी खैर्वा बहुअर्वाबाट प्रहरी सहायक निरीक्षक बालकिशोर साहको कमाण्डमा खटिएका १० जना प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिएर बस्तीका अन्य घरमा क्षति हुनबाट जगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।


उनका अनुसार घर भित्र रहेका बाख्रा पाँचवटा, लत्ताकपडा, कागजपत्र, खाद्यान्न गरी पाँच लाख मूल्य बराबरको सम्पत्ती क्षति भएको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस